जिल्लामा पछिल्लो समय बिद्युत अनियमितता बढ्दो छ । झ्याप्प झ्याप्प लाइन जाने आउने समस्याले जिल्लावासी हैरान छन् । लाइन जाने आउने टुङ्गो हुदैन । बिद्युतिय उपकरणहरुमा क्षति समेत हुने गरेको स्थानीयको गुनासो छ । लाइनकै कारण व्यापार व्यवसाय समेत प्रभावित बनेको भन्दै व्यापारीहरु आक्रोशित समेत छन् । बिद्युत अनियमितता कारण लगायत बिषयमा केन्द्रित रहेर हामीले नेपाल बिद्युत प्र्राधिकरण गोरखा वितरण केन्द्रका प्रमुख नेत्रमणी न्यौपानेसँग कुराकानी गरेका छौ ः
गोरखामा प्रभावकारी बिद्युत सेवा दिन तपाई असफल हुनभएको हो ?
अव कतिसम्मलाई प्रभावकारी भन्ने कुरा हुन्छ । हामीलाई चाहिएको त सकेसम्म एक सय प्रतिशत नै हो । सरकारको लक्ष्यपनि २४ सै घण्टा बिद्युत दिन सकियोस् भन्ने छ । तर हाम्रो पूर्वाधारहरु जे जसरी वनेको छ त्यही अनुसार प्रयोग गर्ने हो । गोरखामा अहिले संरचना तत्काल थप गरिहाल्न सम्भव पनि छैन । वजारमा नया लाइनका लागी संरचना वनाउने भन्यो भने पोल गाड्ने ठाउँपनि पाइदैन । ट्रान्सफर्मर राख्न प¥यो भने भनेपनि उस्तै परे ठाउँ पाइदैन । त्यसले गर्दा भएकै संरचनालाई संरक्षित तरिकाले कसरी उपयोग गर्ने भन्ने हो । जिल्लामा अहिले भइरहेकै संरचनाबाट हामीले सक्दो सेवा दिने प्रयास गरिरहेका छौ ।
न हावाहुरी, न बर्षात तैपनि बिद्युत झ्याप्प झ्याप्प जान्छ, किन ?
बत्ति जाने धेरै कारणहरु हुन्छन् । गोरखा आउने १३२ केभी लाइन तनहूँको मार्किचोकबाट खैरेनी हुदै आउने हो । लगभग दुरी करिव २८ देखि ३० किलोमिटर छ । यसलाई हामीले दुई तरिकाले हेर्न सकिन्छ । एउटा आन्तरिक र अर्काे बाह्य कारण । आन्तरिक कारण भनेको विडबाटै सप्लाई आएन भने के गर्ने भन्ने हो ? त्यो बाहिरी समस्या हो । बिडबाटै सप्लाइ आएन भने हामीले बिद्युत सप्लाइ गर्न सक्ने अवस्था भएन । अर्काे हाम्रो स्टेशनसम्म लाइन आएपनि हामीले सप्लाइ गर्न नसक्नु आन्तरिक समस्या हो । कहिले काही स्वीच गियरमा समस्या हुन्छ । बिद्युत सप्लाइका लागी सवस्टेशनमा रहेको सामानहरु विग्रन सक्छन् । गोरखाको हकमा हेर्ने हो भने सवस्टेशनमा भएका सामानहरु पुराना भइसके ।
सामानहरु पुराना हुदाँ समस्या आउने गर्छ । अर्काे हामीकहाँ तीन वटा मात्र फिडर छन् । एउटा महेन्द्र ज्योती फिडर, एउटा नयाँ बजार फिडर र अर्काे खोप्लाङ फिडर । महेन्द्रज्योती र खोप्लाङ फिडर लामो छ । यी फिडरबाट नयाँसाघुँ, ताक्लुङ, ताकुमाझ लाकुरीबोट, बारपाक, स्वाँरा, अश्राङ, बोर्लाङ देखि महादेवटार सम्म लाइन सप्लाइ हुन्छ । यी ठाउँहरुमा कतै समस्या आयो भने पुरै फिडरको लाइन जान्छ । जति लामो लाइन हुन्छ उति नै बढी समस्या आउछ । प्राइभेट टान्सफर्मर पनि धेरै भइसके । तीनमा पनि यही लाइन जडान हुने हो । हाम्रो लाइन सञ्जाल ठुलो भएकलो पनि समस्या भएको हो ।
समस्या समाधानका लागी के गरिरहनुभएको छ त ?
साना तिना समस्यालाई मिनिमाइज गर्न लाइनको संरचना वरपर बुस कटिङ गर्नुपर्छ । हामीले बेला बखत गर्दै आएका पनि छौ । खानेपानीको लाइन वरपर पनि बुस कटिङ गर्नुप¥यो । उहाहरुको लाइन डिस्टव भयो भने हाम्रो लाइन स्वतः डिस्टव हुन्छ । अर्काे संरचना सुधार पनि हुनु आवश्यक छ । संरचना सुधार अन्तरगत घ्याम्पेशालमा सवस्टेशन बन्दै छ । खोर्लावेशीमा पनि बन्दै छ । पालुङटारमा बनिसक्यो । पुरानै संरचनाले लाइन सुधार हुदैन । संरचना थप्नुपर्छ । त्यसको लागी बजेट चाहिन्छ । बजेट आएर मात्र पनि भएन सहज रुपमा हामीले काम गर्न पनि पाउनुपर्छ । हरमटारी चोकबाट चौथो फिडर निकाल्न खोजिरहेका छौ । मान्द्रेढुंगा हुदै छेवेटार लाइन निस्केको छ । दुई बर्ष अघि काम शुरु भएको हो तर कालोबरबाट यता पब्लिक इस्यूका कारण लाइन तान्न पाएका छैनौ ।
स्थानीयले अवरोध गरे भन्नुभयो । लाइन बिस्तारको क्रममा स्थानीयसँग समन्वय नगरी एकलौटी अघि बढ्नुभएको हो र ?
संरचना थप गर्ने भन्ने हो । सडकमै पोल राखेर लाइन ल्याउछु भन्दा पनि समस्या भएको छ । स्थानीयसँग समन्वय गरेपनि वस्ती बढ्दै गएकाले सोचेको ठाउँबाट लाइन ल्याउन पाइएको छैन ।
स्विच गियर लगायत अन्य सामान्य उपकरणको समस्याले गर्दा पनि बिद्युत अनियमितता हुने गरेको भन्नुभयो । कहिले सम्म यही पुराना उपकरणले बिद्युत सेवा प्रवाह गरिरहने ?
अब यस्तो छ, यो समय अनुसार अपग्रेड पनि हुन्छ । त्यो माथिल्लो निकायले गर्ने हो । समस्या हामीले भनिदिने हो । हामीले टेण्डर आव्हान गरेर काम गर्न मिल्दैन । हामीले पटक पटक जानकारी गराइरहेका छौ । हाम्रो लाइनमा प्रयोग भएका इन्स्यूलेटर पड्किन्छ, परिवर्तन गरिरहनुपर्छ । कुनै ठाउँमा समस्या आयो भने तत्काल बनाउन हार्ड एण्ड फास्ट रुल छैन । पहिले समस्या पहिचान गुर्नप¥यो । फल्ट पत्ता लगाउन कहिले धेरै समय नै लाग्छ । ग्रामिण भेगमा जानकारी पनि ढिलो आउछ । तर मानिसले यत्रो समयसम्म बिजुली बनेन मात्र भन्छन् । भित्री कुरा बुझ्दैनन् ।
प्रमुखको रुपमा तपाई गोरखा आउनुभएको पनि एक बर्ष बितिसक्यो । उपलब्धी के के भए त ?
अहिलेको संरचनागत हिसावले हामी थप गर्दै गइरहेका छौ । हरेक बर्ष बढिरहेको छ । बारपाकी जनताले बिद्युत बाल्न थालिसके । अन्य ग्रामिण भेगमा पनि बिजुली पुगिसक्यो । हाम्रो कार्यालय अन्तरगत बिद्युत नपुगेको भन्ने ठाउँ कमै छन् । अर्काे बिद्युत चुवाहट नियन्त्रण प्रभावकारी तरिकाले कन्टूोल गरेका छौ । आर्थिक बर्ष २०७७÷ ०७८ मा बिद्युत चुहावट १५.९३ प्रतिशत थियो । अहिले १३.०३ प्रतिशत छ । २.९ प्रतिशत बिद्युत चुहावट घटाएका छौ । यो ठुलो उपलब्धी हो । ग्राहक पनि बढाएका छौ । बिद्युतको क्वालिटि वढाउन लाइनको संरचनाहरु थप गर्न प्रयास पनि गरेका छौ ।
पालुङटारमा सव स्टेशन बनेसँगै अर्काे फिडर थप भएको छ । मनकामना लाइन जोड्नका लागी एउटा मात्र बिकल्प थियो । अहिले दुई वटा भइसक्यो । तीन किलोमा रहेको अर्काे फिडरबाट लाइन जोडिसकेका छौ । मुख्य कुरा भनेको समग्र गोरखा जिल्लाको लाइनको क्लालिटीका लागी अरुमा पनि भर पर्नुपर्ने बाध्यता छ । यसले गर्दा नि समस्या भएको हो ।
ग्रामिण भेगमा बिद्युत बिग्रिएको खवर गर्दा पनि कार्यालयले वेवास्ता गर्छ भन्ने उपभोक्ताको गुनासो छ नी ?
ग्रामिण भेगको कुरा गर्दा हाम्रो १३ वटा नो लाइट संख्या छ । ती सबै गाउमै छन् । यहाँबाट गएर मात्र समाधान हुदैन । बारपाकका लागी छुटै स्टाफ राखेका छौ । हरेक ठाउँमा हाम्रो कर्मचारी छ । भौगोलिक अवस्थाले पनि समस्या छ । मान्छे नै आएन, गर्दै गरेन भन्ने मलाइ लाग्दैन । बिग्रिने वित्तिकै अहिलै बन्न प¥यो भन्ने सबैलाइ लाग्छ तर त्यहाँसम्म जानुप¥यो, समस्या पहिचान गर्नुप¥यो अनि बल्ल मर्मत हुन्छ । त्यहाँको टिमले नसकेको अवस्थामा यहाँबाट थप प्राविधिक पठाउनुपर्ने पनि हुन सक्छ । समय त लाग्छ नी !
अन्त्यमा…
अहिलको संरचनागत हिसावले जे जस्तो भएपनि भविष्यमा सोचे अनुसार संरचना थप गर्न सकियो भने गोरखामा बत्तिको सुधार धेरै गर्न सकिन्छ । गोरखा हाइड्रोको हव पनि बन्दै छ । अजिरकोटमा ४ सय केभीको सवस्टेशन बन्दै छ । अन्यत्र पनि सवस्टेशन थप हुदैछन् । अहिलेको हाम्रो स्रोत एउटा मात्र हो, मार्किचोकमा लाइन गयो भने हाम्रो नि गयो । तर सुधार हुदै गएपछि अर्काे लाइन हुन्छ । अहिले तत्काललाई भइरहेकै संरचनाबाट काम चलाउने हो, यसलाई कसरी सुधार गर्न सकिन्छ भन्ने सोच्ने हो । संरचना थप गर्ने हामो पुहँचमा रहदैन ।



































