Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा डेंगुले महामारीको रुप लिदैै

७ असोज,गोरखा । जिल्लामा डेंगु रोगका बिरामीको संख्या दिनानुदिन बढ्दो छ । स्वास्थ्य कार्यालयको सोमवारसम्मको तथ्याङ्क अनुसार ९५ जनामा डेंगु पुष्टी भइसकेको छ ।

Advertisement

सबैभन्दा धेरै गोरखा नगरपालिकामा ५९ जनामा डेंगु संक्रमण पुष्टी भएको कार्यालयले जनाएको छ । त्यस्तै आरुघाट गाउँपालिकामा २१, पालुङटार नगरपालिकामा १३, भीमसेन थापा र गण्डकी गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टी भइसकेको छ । संक्रमितको संख्या हेर्दा जिल्लामा डेंगुको महामारी फैलिसकेको चिकित्सकहरु बताउछन् ।

‘अहिलेसम्म नदेखिएको ठाउँमा पहिलो पटक एक जनामा मात्रै डेंगु देखिएमा पनि त्यो रेपुटेड केश हुन्छ,’ कार्यालयका जनस्वास्थ्य निरिक्षक नानीबाबु दानी भन्छन्, ‘पाँच जनाभन्दा बढीमा डेंगु देखिएमा त्यो महामारी हुन्छ, त्यसैले गोरखामा महामारीको रुप लिइसक्यो भन्दा फरक पर्दैन ।’

कसरी फैलियो डेंगु ?

गोरखामा डेंगु रोग भित्रिएको धेरै समय भएको छैन । स्वास्थ्य कार्यालयका अनुसार सन् २०१९ मा पहिलो पटक गोरखामा २ जनामा डेंगु संक्रमण देखिएको थियो । सन् २०२० र २०२१ मा एक÷एक जनामा डेंगु देखिएपनि सन् २०२२ मा एकाएक संख्या बढेको हो । सरसफाइमा ध्यान नदिएका कारण जिल्लामा संक्रमण फैलिएको कार्यालयका जनस्वास्थ्य निरिक्षक दानी बताउछन् ।

‘यो बिशेष गरी एडिस एजेप्टी प्रजातिको पोथी लामखुट्टेको टोकाईबाट सर्ने रोग हो, यो सफा पानीमा बाच्ने लामखुट्टे भएकाले एसी, कुलर, गमलाको प्लेट, फुलदानी र खुल्ला भाडामा भएको सफा पानीमा यसले फुल पार्छ र बच्चा हुर्काउछ तर हामीले त्यसको सरसफाइमा ध्यान दिएका हुदैनौ,’ उनले भने ।

टायरमा जमेको पानीमा यसको बासस्थान हुने बताउदै उनले थपे, ‘ग्यारेज र टायर पसल जताजतै छन्, बाहिर खुल्ला ठाउँमा राखिएको टायर भित्र पानी जमेको हुन्छ, तर त्यसलाई हामीले हटाउदैनौ, अनि लामखुट्टेले त्यही फुल पारेर बच्चा हुर्काउछ ।’ जलवायु परिवर्तनका कारण पनि लामखुट्टेको संख्या जिल्लामा बढेको र डेंगुको संक्रमण फैलिएको उनको भनाइ छ । यसबर्ष बर्षापनि अत्याधिक भएको र धेरै ठाउँमा पानी जमेकाले लामखुट्टेको संख्या बढेको र संक्रमण दर पनि बृद्धि भएको हुनसक्ने उनको अनुमान छ ।

डेंगु संक्रमण कसरी हुन्छ ?

स्वास्थ्य कार्यालयका अनुसार डेंगु ‘एडिस एजेप्टी’ प्रजातिको पोथी लामखुट्टेको टोकाईबाट हुने भाइरल इन्फेक्सन हो । यी लामखुट्टे मानव आवास र वरपर पाइन्छ । लामखुट्टेले डेंगु संक्रमित व्यक्तिलाई टोक्दा त्यो भाइरस लामखुट्टेमा सर्छ र संक्रमित लामखुट्टेले टोकेको अन्य व्यक्तिलाई पनि यो संक्रमण हुन्छ । संक्रमित व्यक्तिबाट अर्काे व्यक्तिमा भने यो रोग नसर्ने कार्यालयका दानी बताउछन् । उनका अनुसार यो लामखुट्टेको जीवनकाल ३० दिनको मात्र हुन्छ ।

सो अवधीमा एउटा लामखुट्टेले आठ सय वटा अण्डा पार्छ । संक्रमित लामखुट्टेले पारेको अण्डाबाट निस्कने सबै लामखुट्टे संक्रमित हुन्छन् । र ती लामखुट्टले टोकेपछि मानिसमा संक्रमण हुन्छ । यी लामखुट्टे फुल पारेको क्षेत्रको सय मिटर वरपर मात्र केन्द्रित रहने बताइएको छ । दिउँसोको समयमा यिनीहरु बढी संक्रिय हुने कार्यालयले जनाएको छ ।

लक्षणहरु के के हुन् ?

डेंगु संक्रमण भएका व्यक्तिमा प्राय उच्च ज्वरो (१०४ डिग्री फारेनहाइटसम्म) देखिन्छ । आँखाको गेडी दुख्नु, बेस्सरी टाउको दुख्नु, वाकवाकी लाग्नु, मांशपेशी हड्डी तथा जोर्नी बेस्सरी दुख्नु, शरिरका ग्रन्थीहरु सुन्निनु र छाला रातो हुनुका साथै छालामा डावर आउनु यसका लक्षण हुन् । डेंगु संक्रमण भए नभएको रगत परिक्षणबाट थाहा हुने कार्यालयले जनाएको छ ।

कसरी बच्ने ?

डेंगु रोगको कुनै ठेट उपचार नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक दानी बताउछन् । ‘बिरामीमा देखिएको लक्षण अनुसार सर्पाेटिभ औषधी चलाउने हो तर डेंगुकै कुनै ठेट औषधी उपचार भने हुदैन,’ उनले भने । लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने तथा सरसफाइमा बिशेष ध्यान दिनु नै डेंगुबाट बच्ने मुख्य उपाय भएको उनले बताए ।

घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्न, लामो वाहुला भएको लुगा लगाउन, घरवरपर भएका पानी जम्न सक्ने पुराना टायर, वाल्टी वा ब्यारेल हटाउन पनि उनले आग्रह गरेका छन् । हप्तामा कम्तिमा एक पटक घरवरपरको गमलाको प्लेट, फुलदानी, कुलर, खाली कन्टेनरहरु र पुराना टायरलाई सफा गर्न पनि उनले सुझाव दिएका छन् ।

डेंगुका लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परिक्षण गराउन समेत उनले आग्रह गरेका छन् । डेंगु नियन्त्रणमा सक्रिय हुन आग्रह गर्दै जिल्लाका सबै पालिकाहरुलाइ पत्राचार गरिसकेको उनले बताए । पालिकामा लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान संचालन भइरहेको उनले जानकारी दिए ।

शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.