१३ असोज, गोरखा । गोरखा उद्योग वाणिज्य संघले चाडवाड लक्षित शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । दशै, तिहार र छठ पर्वको अवसर पारेर बिहीवार कार्यक्रम गरिएको संघले जनाएको छ ।
छहरे स्थित संघको हलमा भएको कार्यक्रममा सहभागीहरुले जिल्लाका उद्योग तथा व्यवसाय धराशायी बन्दै गएको गुनासो गरेका थिए ।
संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख मोहन बहादुर थापाको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना, उपप्रमुख मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, नेकपा एमालेका केन्द्रिय सदस्य सम्झना देवकोटा, नेपाली कांग्रेसका महासमिति सदस्य राजनराज पन्त, माओवादी केन्द्रका केन्द्रिय सदस्य लेखबहादुर थापा, नेकपा एकिकृत समाजवादीका अध्यक्ष यादब बस्नेत, नेपाल समाजवादीका उपाध्यक्ष पूर्णमाया वन्त, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष जिबनज्योती श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष भाईचन्द्र श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरि सापकोटा, उद्योग बाणिज्य संघका उपाध्यक्ष भगवानबाबु मास्के लगायतले मन्तब्य राखेका थिए ।



































