Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

प्रचण्डको प्रतिवद्धता : रबर उद्योग र पालुङटार एयरपोर्ट संचालनदेखि बुढीगण्डकी आयोजना निर्माणसम्म

६ कात्तिक, गोरखा । मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन् । शनिवार सार्वजनिक भएको प्रतिवद्धता पत्रमा लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई संचालनमा ल्याउन बिशेष पहल गरिने बताइएको छ ।

Advertisement

‘रबर उद्योगलाई नयाँ ढंगले अघि बढाइने छ,’ प्रतिवद्धतापत्रमा भनिएको छ, ‘पालुङटार एयरपोर्टलाई पुनः संचालन गर्दै व्यवस्थित गरिनेछ ।’ बुढीगण्डकी जलबिद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने समेत प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

उत्तरी गोरखाको भूगोललाई समेट्दै प्रचण्डले चुमनुव्री र धार्चे गाउँपालिकालाई स्वायत्त क्षेत्र घोषण गर्न पहल गर्ने बताएका छन् । बेनिघाट–आरुघाट–लार्के सडक निर्माण कार्यलाई पूरा गर्दै उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा बिकास गर्ने उनले प्रतिवद्धता जनाएका छन् । ‘चीनसँग सिमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु हुने सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिनेछ, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा बिकास गर्न बिशेष पहल गर्ने छु,’ प्रतिवद्धता पत्रमा प्रचण्डले भनेका छन् ।

सिर्दीवास, माछीखोला, बारपाक र भच्चेक क्षेत्रमा हिमाली क्षेत्रका जडीवुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गरी सो क्षेत्रलाई जडीवुटी बिशेष क्षेत्रको रुपमा बिकास गर्ने पनि उनको योजना रहेको छ । गाइखुर–च्याङली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडी बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको बैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट–सिरानचोक–गोरखा दरवार–मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा बिकास गर्ने लगायतका योजना उनको प्रतिवद्धता पत्रमा समावेश भएका छन् ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने उनले बताएका छन् । आँबुखैरेनी–गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र बैज्ञानिक ढंगले हल गर्ने उनले आश्वासन दिएका छन् ।

बाह्र किलो बारपाक लाप्राक गुम्दा हुदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न आवश्यक पहल गर्ने र गोरखा क्याम्पसको भौतिक पूर्वाधार बिकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिड बिषय थप गर्न पहल गर्ने प्रचण्डले आफ्नो प्रतिवद्धता पत्र मार्फत बताएका छन् ।

आइतबार, कार्तिक ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.