६ कात्तिक, गोरखा । गोरखा अस्पतालका चिकित्सकमाथि कुटपिट भएको छ । रिपोर्ट चित्त नबुझेको भन्दै बिरामीका आफन्तजनले आइतवार अस्पतालका मेडिकल अधिकृत अभिनाष पराजुलीलाई कुटपिट गरेका हुन् ।
‘एक जना महिला थाइराइड जाँच गर्न आउनुभएको रहेछ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट हरि कुमार श्रेष्ठले भने, ‘रिपोर्ट चित्त बुझेन भनेर उहाँका आफन्त पर्ने तीन जना यूवाहरुले ओपिडी कक्षभित्रै ढोका थुनेर चिकित्सकलाई हातपात गर्नुभएछ ।’
घटनाबारे छानविन गरी दोषीलाई कारवाहीको माग गर्दै प्रहरीमा लिखित उजुरी समेत दिइसकिएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष लाल प्रसाद श्रेष्ठले बताए । घटना लगतै समितिले बिज्ञप्ती जारी गर्दै उक्त घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै घटनामा संलग्नलाई खोजी गरी कानूनी कारवाही गर्न समेत माग गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































