१३ कात्तिक, गोरखा । गोरखा नगरपालिकाले (भोली) सोमवार सार्वजनिक बिदा दिएको छ । वडा नम्वर ५ का अध्यक्ष खिल बहादुर राना मगरको निधनको शोकमा सोमवार नगरपालिका मातहतका सवै सेवाहरु बन्द रहने नगरपालिकाले जनाएको छ ।
आइतवार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । बैठक पश्चात सार्वजनिक सूचना जारी गर्दै नगरपालिकाले आफू मातहतका कार्यालय, शैक्षिक एवं स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ ।
वडाध्यक्ष रानाको कात्र्तिक १० गते भाइटिकको दिन निधन भएको थियो ।
घरमै बसिरहेका बेला एक्कासी लडेर वेहोस भएका उनलाई अस्पताल पु¥याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































