Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

यो पटक नयाँ पुस्तालाई पालो दिनुपर्छ : अब्दुस

२० कार्तिक, गोरखा । प्रतिनिधि सभा निर्वाचनमा गोरखा–२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रतिस्पर्धीमध्ये एक हुन् अब्दुस मियाँ ।

Advertisement

गोरखामा जन्मिए पनि काठमाडौंलाई कर्मथलो बनाउँदै आएका २९ वर्षका मियाले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् । २३ गते उम्मेदवारी दर्ता गरेसँगै गोरखाको चुनावी माहोल बुझेका अब्दुस प्रचण्डसँग राम्रै मतान्तरले विजयी हुने दावी गर्छन् ।

‘शेरबहादुर देउवा र प्रचण्डबीच केन्द्रमा गठबन्धन भएको हो, गोरखाको कांग्रेस र माओवादीका मतदाताहरु बीच होइन,’ उनी भन्छन्, ‘त्यसैले प्रचण्डले गठबन्धनबाट जति मत अपेक्षा गर्नुभएको छ ठीक त्यसको उल्टो हुन्छ, राम्रै मतान्तरले मैले चुनाव जित्छु ।’ उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्नेहरु पनि रहेकाले आफू आशावादी भएको अब्दुस बताउँछन् ।

कसरी एमाले प्रवेश गरे ?

२०५० सालमा सिरानचोक गाउँपालिकाको हर्मीमा जन्मेका मियाले प्राथमिक तहसम्मको शिक्षा गाउँकै चम्पावती माविबाट हासिल गरे । उच्च शिक्षाका लागि उनी परिवारसहित काठमाडौं गए । ‘नेपाल एकीकरणको दौरान राजा पृथ्वीनारायण शाहले हातहतियार बनाउनका लागि गोरखामा मुस्लिमहरुलाई बोलाएका थिए, त्यही वंशजको एक प्रतिनिधि हुँ म पनि,’ उनले भने ।

अब्दुसले राजनीति सुरु गरेको पाँच वर्ष भयो । रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट २०७४ सालमा राजनीति सुरु गरेका उनी साझा र विवेकशील पार्टीको एकतापछि युवा संगठनको अध्यक्ष पनि बने । विभाजनपछि पार्टी छाडेका उनले मंसिर ४ को चुनावमा काठमाडौ–६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।

तर एकाएक उनी एमाले पार्टी प्रवेश गरे । अन्य दलले पनि आउन आग्रह गरेको, तर वाम झुकाव भएकाले कम्युनिस्ट पार्टी रोजे । असोज ६ गते पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँगै उनी एमाले प्रवेश गरे ।

‘खनालसँग म व्यक्तिगत रुपमा नजिक थिएँ, उहाँ पार्टी प्रवेश गर्ने कार्यक्रम थियो त्यही दिन म पनि पार्टी प्रवेश गरें’, अब्दुसले भने । पार्टी प्रवेश गर्ने अघिल्लो दिनसम्म एमालेका कुनै शीर्ष नेताहरु नभेटेको उनी दाबी गर्छन् ।

कसरी पाए टिकट ?

पार्टी प्रवेश गरेसँगै जिल्लाका नेताहरुले अब्दुसलाई गोरखा ल्याउनेबारे छलफल सुरु गरे । यद्यपि यो क्षेत्रमा मिलन गुरुङ ‘चक्रे’ को नाम सिफारिस भएको थियो । मियाले टिकट पाउनुमा केन्द्रको रुची एवं आकांक्षा पनि भएको एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ बताउँछन् ।

‘हाम्रो सम्पर्क मञ्चको पहलमा अब्दुस हाम्रो पार्टीमा जोडिन आउनुभयो, त्यही बेला उहाँले गोरखाबाट चुनाव लड्ने इच्छा जाहेर गर्नुभयो । उहाँ र पार्टीबीच छलफल भएपछि केन्द्रको निर्देशनमा गण्डकी प्रदेश र हामी जिल्लाका पदाधिकारी बसेर उनलाई टिकट दिने फाइनल गरेका हौं’ गुरुङले भने ।

स्थानीय निर्वाचन पछाडि प्रत्यक्ष देखिने गरी एक लाखभन्दा बढीलाई पार्टीमा जोड्ने अभियान अन्तर्गत मियालाई पनि पार्टीमा ल्याइएको गुरुङले बताए । अब्दुस पनि टिकटको बार्गेनिङ गरेर आफू पार्टी प्रवेश नगरेको बताउँछन् । ‘जिल्लाका नेताहरुले मलाई गोरखामा चुनाव लड्न प्रस्ताव गर्दै केन्द्रीय स्तरसम्म पहल गर्नुभयो, पार्टीले म जत्तिको मान्छेलाई टिकट दिँदा उचित हुन्छ भन्ने ठान्यो र टिकट दियो,’ उनले  भने ।

राजनीतिमा युवाहरुको सशक्त हस्तक्षेप हुनुपर्छ भनेर आफू राजनीतिमा प्रवेश गरेको बताउँदै अब्दुसले थपे, ‘मेरो उम्मेदवारी आफैंमा मेरो चुनावी एजेण्डा हो ।’ चुनाव जितेमा युवालाई प्रतिनिधित्व गर्ने खालका विषयलाई संसदमा लिएर जाने उनी बताउँछन् ।

दुई दशकदेखि नेपालमा राजनीतिक अस्थिरता कारण प्रचण्ड भएको उनले आरोप समेत लगाए । पछिल्लो समय राजनीतिमा पुराना पुस्ता र पार्टी प्रति पैदा भएको वितृष्णालाई हेक्का राख्दै एमालले गोरखामा युवा उम्मेदवारलाई उठाएको पार्टी जिल्ला अध्यक्ष गुरुङ बताउँछन् ।

‘पुराना पुस्ता होइन नयाँ पुस्तालाई पालो दिनुपर्छ भन्ने सन्दर्भमा पार्टी एउटा फैसला गर्दै अव्दुसलाई राजनीतिमा ल्याएका हौं,’ उनले भने, ‘पार्टीप्रतिको वितृष्ण अन्त्य र युवालाई राजनीतिमा स्पेस छ भन्ने गोरखा एमालेले देखाएको छ।’

आइतबार, कार्तिक २०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.