२६ कात्तिक, गोरखा । गोरखा नगरपालिका–१० छेवेटार स्थित तारा माविमा भएको चित्रकला प्रतियोगीतामा प्रतिक्षा तामाङ प्रथम भएकी छन् । पिस पोष्टर अन्तरगत भएको प्रतियोगीतामा सोही बिद्यालयमा अध्ययरत कक्षा ७ की छात्रा तामाङ बिजयी भएकी हुन् ।
उनलाई एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । लायन्स क्लब अफ गोरखा दरौदीको आयोजनामा भएको प्रतियोगीतामा सोही बिद्यालयमा अध्ययनरत ११ देखि १३ बर्ष उमेर समूहका कुल ३५ जना बिद्यार्थीको सहभागीता रहेको थियो ।
प्रतियोगीतामा भएको उत्कृष्ट चित्रलाई नेपालभर प्रतिस्पर्धा गराइने र त्यहाँबाट छनोट भएको उत्कृष्ट चित्रलाई ग्लोवल प्रतिस्पर्धाका लागी पठाइने बिष्टले जानकारी दिए । नोभेम्वर महिनामा बिश्वभर ग्लोवल प्रतियोगीता संचालन हुदै छ ।
उक्त प्रतियोगीतामा उत्कृष्ट हुने २३ चित्रले ५ सय डलर र उत्कृष्ट एकले पाँच हजार अमेरिकी डलर पुरस्कार स्वरुप पाउने छन् ।



































