४ मंसिर, गोरखा । चीनसँग सिमा जोडिएको उत्तरी गोरखा स्थित चुमनुव्री गाउँपालिकाको मतपेटिका हेलिकप्टरबाट मतगणना स्थलमा ल्याइने भएको छ । सो पालिकामा रहेको २२ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टर मार्फत ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले बताए ।
‘सडक सञ्जाल नजोडिएको र दुरीका हिसावले टाढा भएकाले सो क्षेत्रको मतपेटिका हेलि मार्फत ल्याउन माग गरेका थियौ,’ उनले भने, ‘आजबल्ल केन्द्रबाट निर्णय भएर आयो ।’ भोली सो क्षेत्रको मतपेटिका ल्याउनका लागी हेलि उडान हुने उनले जानकारी दिए ।
मतपेटिका ढुवानीका लागी हेलिकप्टर माग गर्दै जिल्ला निर्वाचन व्यवस्थापन समितिले गृह मन्त्रालय र निर्वाचन आयोगलाई पत्राचार गरेको थियो ।
सोही पत्रको आधार र प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिको बिशेष पहलमा हेलिकप्टर उडानको निर्णय भएको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































