Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा पुनः मतदान गर्न एमालेको माग

५ मंसिर, गोरखा । निर्वाचनमा धादली भएको भन्दै गोरखाका केही मतदान केन्द्रमा पुनः मतदान गर्न माग गरिएको छ । नेकपा एमाले लगायतका अन्य केही साना दलले १२ मतदान केन्द्रमा पुनः मतदान हुनुपर्ने माग गरेका हुन् ।

Advertisement

सोमवार चाइनिजधारा स्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरुले निर्वाचन क्षेत्र नम्वर २ को सात मतदान केन्द्रमा धादली भएको बताए । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार छन् । उनीसँग नेकपा एमालेका अब्दुस मियाँ र राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी पनि उम्मेदवार छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर ४ रन्चोकको दुर्गा मावि र हिमालय मावि, सोही पालिकाको सूर्यज्योती मावि, पालुङटार नगरपालिका वडा नम्वर ७ को जीवनज्योती मावि, वडा नम्वर १ को स्थानिका आधारभूत बिद्यालय, सिरानचोक गाउँपालिका–८ जौवारी स्थित परोपकार आदर्श मावि र अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योती माविको मतदान केन्द्रमा बाम गठवन्धनले धादली गरेको उनीहरुको आरोप छ ।

त्यस्तै निर्वाचन क्षेत्र नम्वर १ को चार वटा मतदान केन्द्रमा पनि धादली भएको उनीहरुले बताएका छन् । भीमसेन थापा गाउँपालिका–१ को बालकल्याण आधारभूत बिद्यालय, बिन्द्रवती मावि, वडा नम्वर ८ को भिमसेन आधारभूत बिद्यालय र धार्चे गाउँपालिका–३ को पार्वती आधारभूत बिद्यालयको मतदान केन्द्रमा पनि पुनः मतदान हुनुपर्ने उनीहरुको माग छ ।

सत्ता र शक्तिको आडमा मृतक, वेपत्ता र बिदेशमा रहेकाहरुको नामबाट पनि मतदान भएको उनीहरुको आरोप छ । अन्य उम्मेदवारका फर्जि प्रतिनिधि खडा गरेको, आफ्ना प्रतिनिधिमाथि हातपात गरेको आरोप समेत उनीहरुले लगाएका छन् । निर्वाचन आचारसंहिता विपरित बुथ क्याप्चर गर्दा समेत प्रहरी र प्रशासन मौन बसेको भन्दै उनीहरुले आक्रोश समेत व्यक्त गरे ।

पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने अडान लिएपछि गोरखामा अझै मतगणना शुरु हुन सकेको छैन । गोरखा क्षेत्र नम्वर २ को मतगणनाका लागी सोमवार बिहान दश बजे सर्वदलिय बैठक बसेको थियो । तर मतगणना भने शुरु हुन सकेन ।

मतगणना स्थलको थप व्यवस्थापन गर्नुपर्ने भएकाले शुरु हुन नसकेको निर्वाचन क्षेत्र नम्वर २ का अधिकृत नारद प्रसाद भट्टराइले बताए । ‘निर्वाचन आयोगले एकैपटक चार ठाउँमा मतगणना गर्न मिल्ने गरी स्थलको व्यवस्थापन गर्नु भनेपछि अहिले हामी स्थलको थप व्यवस्थापनमा जुटेका छौ,’ त्यो सके लगतै सर्वदलिय बैठक बसेर मतगणना शुरु गर्छाै ।’

यता नेकपा एमाले लगायतका केही साना दलहरु भने धादली भएको मतदान केन्द्रमा पुनः मतदान नभएसम्म मतगणनामा सहभागी नहुने बताउदै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाल पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवारले समेत एमालेलाई साथ दिदै पुनः मतदानको माग गरेका छन् ।

गोरखा निर्वाचन क्षेत्र नम्वर २ को मतपेटिका हिजै संकलन भइसकेको छ भने १ अन्तरगत उत्तरी गोरखाका मतपेटिका हेलिमार्फत ढुवानी भइरहेको छ ।

सोमबार, मङि्सर ०५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.