५ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर २ को मतगणना शुरु भएको छ । केही बेर अघि मात्र सर्वदलिय बैठक बसेर मतगणना शुरु गरिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराइले बताए ।
गोरखा नगरपालिका वडा नम्वर ९ दलभञ्जाङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना भएको हो ।
‘एक पटकमा ६ वटा ब्यालेट खोलेका छौ,’ उनले भने, ‘शुरुमा बारपाक सुलिकोट, अजिरकोट र सिरानचोक गाउँपालिकाका केही वडाहरुको प्रतिनिधि सभा अन्तरगत प्रत्यक्ष तर्फको ब्यालेट खोलेर मतगणना शुरु गरेका हौ ।’
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिक तर्फको एकै पटक मतगणना हुने उनले जानकारी दिए ।
गोरखा क्षेत्र नम्वर २ मा ५३ हजार ९७८ मत खसेको बताइएको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































