Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

सुरेन्द्र पाण्डेले भने : पार्टीले निर्णय गरे मुख्यमन्त्रीका लागि तयार छु

७ मंसिर, गोरखा । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गोरखा–२ को ख प्रदेश सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीका दावेदार मध्ये एक हुन् । मुख्यमन्त्रीको रुपमा उनको नामले पनि चर्चा बटुलेको छ । केही समयअघि भच्चेकमा चुनावी कोणसभालाई सम्बोधन गर्ने क्रममा डा. बाबुराम भट्टराईले प्रचण्डलाई भावी प्रधानमन्त्री र पाण्डेलाई गण्डकी प्रदेशका भावी मुख्यमन्त्री घोषणा गरेका थिए ।

Advertisement

गोरखा–२ को प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिने तयारीमा रहेका पाण्डे मुख्यमन्त्री बन्ने आशमा प्रचण्डलाई स्थान दिदै प्रदेशमा झरे । अहिले उनी निर्वाचित पनि भइसकेका छन् । उनले आफू मुख्यमन्त्रीको दावेदार रहेपनि पार्टीको आधिकारिक निर्णय हुनुपर्ने बताए । निर्वाचित भएपश्चात कुराकानीको क्रममा उनले भने, ‘मैलै एक्लैले मुख्यमन्त्री हुन्छु भनेर भएन, आधिकारीक रुपमा पार्टीले निर्णय गर्नुपर्छ, पार्टीले निर्णय गरे म तयार छु ।’

सबै दललाई साथमा लिएर प्रदेशको बिकास र समृद्धिका लागी अघि बढ्ने उनले बताए । ‘समग्रमा गठवन्धनको बहुमत आउने सम्भावना देखिएको छ,’ उनले भने, ‘तर पक्ष प्रतिपक्षभन्दा पनि सबै दल मिलेर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो, सबैलाई साथमा लिएर अघि बढ्न मेरो सकारात्मक भूमिका रहन्छ ।’

कुराकानीका क्रममा उनले आफ्ना योजना र एजेण्डाबारे पनि जानकारी गराए । आफ्नो निर्वाचन क्षेत्रमा भौतिक पूर्वाधार र बाह्रै महिना सवारी आवागमन हुने सडकहरु निर्माण गर्ने योजना रहेको उनले बताए । त्यस्तै परम्परागत कृषि प्रणालीलाई आधुनिकिकरण गर्दै लैजाने र जिल्लावासीको आम्दानीको स्रोत बढाउन पनि पहल गर्ने उनको योजना छ । प्रदेशलाई आर्थिक रुपमा सवल बनाउन पर्यटन, जलबिद्युत र कृषिलाई प्राथमिकता दिने उनको भनाइ छ ।

संसदिय दलको चुनाव कहिले हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘सबै ठाउँमा मतगणनाको नजिता आइसकेको छैन, समानुपातिक तर्फको पनि सबै गणना सकेपछि पार्टीले निर्णय गर्छ ।’

१५ बर्षको उमेरमा नेपाल बिद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा शुरु गरेका पाण्डे नेविसंघको केन्द्रिय सदस्य समेत बने । त्रिचन्द कलेजमा अध्ययनरत हुदाँ उनी गोरखा काठमाण्डौ सम्पर्क समिति नेविसंघको अध्यक्ष हुदै तरुण दलको केन्द्रिय सदस्य र महासचिवसम्म बने । तेस्रो कार्यकाल पनि पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित बनेका उनी गोरखाबाट लगातार पार्टी महासमिति सदस्यमा छन् ।

२०७४ सालमा दुई बर्षका लागी राष्ट्रिय सभा सदस्य बनेका उनी पार्टीको संसदीय दलको नेता पनि भए । पालुङटार नगरपालिका–१ खोप्लाङ घर भएका पाण्डेले अमरज्योती मावि लुइटेलबाट माध्यमिक तह सकेर थप अध्ययनका लागी काठमाण्डौ गएका थिए ।

बुधबार, मङि्सर ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.