८ मंसिर, गोरखा । गोरखा निर्वाचन क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाई बिजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६४३ को फराकिलो मतअन्तरले पछि पार्दै बजगाई बिजयी भएका हुन् ।
बजगाईले ३३ हजार ४२८ मत ल्याउँदा बस्नेतले १६ हजार ७८५ मत मात्र प्राप्त गरेका छन् । सो क्षेत्रमा कुल ६० हजार २८२ मत खसेको थियो ।
२०७४ सालको निर्वाचनमा बस्नेतसँग प्रदेशसभा सदस्यमा हारेका बजगाईले यसपटक गठवन्धनको आडमा तिनै बस्नेतलाई भारी मतान्तरले हराएका हुन् ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































