Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

विश्वकपको क्वाटरफाइनल समीकरण पूरा, यस्तो छ खेलतालिका

२१ मंसिर । कतारमा भइरहेको फिफा विश्वकप २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मध्यराति भएको खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै पोर्चुगल क्वाटरफाइनल पुग्ने अन्तिम टिम बनेको हो ।

Advertisement

अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्को विरुद्ध खेल्नेछ । क्वाटरफाइनलमा युरोपबाट सर्वाधिक ५ टिम पुगेका छन् भने दक्षिण अफ्रिकाबाट दुई तथा अफ्रिकाबाट एक टिम छन् । एसियाका तीनवटा राष्ट्र र उत्तर अमेरिकी एक राष्ट्रको चुनौती भने अन्तिम १६ मै समाप्त भएको छ ।

युरोपबाट नेदरल्याण्ड्स, इंग्ल्याण्ड, फ्रान्स, क्रोएसिया र पोर्चुगल क्वाटरफाइनलमा प्रवेश गर्दा दक्षिण अमेरिकाबाट ब्राजिल र अर्जेन्टिना क्वाटरफाइनल पुगे ।

अफ्रिकन राष्ट्र मोरक्को भने पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । एसियाका जापान, दक्षिण कोरिया र अष्ट्रेलिया तथा उत्तर अमेरिकाको अमेरिका अन्तिम १६ बाटै बाहिरिए ।

यस पटक विश्वकपमा सबै महादेशबाट अन्तिम १६ मा प्रतिनिधित्व भएको थियो । तर क्वाटरफाइनलमा आइपुग्दा भने तीन महादेशका टिम मात्र बाँकी छन् ।

क्वाटरफाइनलमा क्रोएसियाले ब्राजिलसँग पहिलो खेल खेल्नेछ । नेदरल्याण्ड्स र अर्जेन्टिनाबीच दोस्रो क्वाटरफाइनल हुनेछ । यी दुई खेलको विजेता सेमिफाइनलमा भिड्नेछन् ।

मोरक्कोले तेस्रो क्वाटरफाइनलमा पोर्चुगलसँग खेल्नेछ भने दुई पूर्व विजेता इंग्ल्याण्ड र फ्रान्सबीच अन्तिम क्वाटरफाइनल खेल हुनेछ । यी दुईको विजेताले दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । क्वाटरफाइनल खेल मंसिर २३ र २४ गते हुनेछ ।

क्वाटरफाइनल खेल तालिका

मंसिर २३ गते शुक्रबार

क्रोएसिया भर्सेस ब्राजिल (राति ८:४५ बजे)

नेदरल्याण्ड्स भर्सेस अर्जेन्टिना ( मध्य राति १२:४५ बजे)

मंसिर २४ गते शनिबार

मोरक्को भर्सेस पोर्चुगल (राति ८:४५ बजे)

इंग्ल्याण्ड भर्सेस फ्रान्स ( मध्यराति १२:४५ बजे)

सेमिफाइनल – मंसिर २७ गते मंगलबार

पहिलो क्वाटरफाइनल विजेता भर्सेस दोस्रो क्वाटरफाइनल विजेता ( मध्य राति १२:४५ बजे)

मंसिर २८ गते बुधबार

तेस्रो क्वाटरफाइनल विजेता भर्सेस चौथो क्वाटरफाइनल विजेता ( मध्यराति १२:४५ बजे)

तेस्रो स्थान – पुस २ गते शनिबार

पहिलो सेमिफाइनल उपविजेता भर्सेस दोस्रो सेमिफाइनल उपविजेता (राति ८:४५ बजे)

फाइनल पुस – ३ गते आइतबार

पहिलो सेमिफाइनल विजेता भर्सेस दोस्रो सेमिफाइनल विजेता (राति ८:४५ बजे)

बुधबार, मङि्सर २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.