२५ मंसिर गोरखा । गोरखाको लक्ष्मी बजार स्थित द्रब्यशाह बहुमुखी क्याम्पस संचालक समितिको नया कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न क्याम्पसको सातौ वार्षिक साधारण सभा एवं तेस्रो अधिबेशनवाट शितलकाजी मास्केको अध्यक्षतामा नया कार्य समिति सर्वसम्मत चयन भएको हो ।
जसको सदस्यहरुमा चुण्डामणि काप्री, बद्री अर्याल, इश्वरकाजी मास्के, मिरा पुडासैनी र नन्दलाल बगाले रहेका छन् । संचालक समितिमा क्याम्पस प्रमुख सहित अन्य सात जना पदेन सदस्य रहने वताइएको छ ।
क्याम्पस संचालक समितिका निवर्तमान अध्यक्ष धिरज वहादुर मास्केको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनवहादुर थापाको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कुष्ण राना, उपप्रमुख सपना पुन लगायत क्याम्पसका प्रतिनिधिको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा क्याम्पसलाई सहयोग गर्नै अमेरिकी नागरिक जेनिस ह्विपल र संस्थापक क्याम्पस प्रमुख मोहन नारायण श्रेष्ठको सम्मानका लागि क्याम्पस परिसरमा उनीहरुको शालिक राखेर पार्क निर्माण गर्न निर्णय भएको क्याम्पस प्रमुख रामचन्द्र दुवाडीले वताए ।



































