२६ मंसिर, गोरखा । डिप्लोमा इन्जिनियर्स एशोसिएसन, नेपाल (डिन) गोरखाको अध्यक्षमा अजय कुमार श्रेष्ठ चयन भएका छन् । आइतवार भएको अधिवेशनले श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
जसको उपाध्यक्षमा राजन राना, सचिवमा सुजित थापा मगर, सहसचिवमा प्रमोद थापा मगर र कोषाध्यक्षमा सन्त घले चयन भएका छन् । सदस्यहरुमा कपिल कोइराला, राजु श्रेष्ठ, सिता बयलकोटी, दिपक खनाल, सुमन गुरुङ र आशिष श्रेष्ठ रहेका छन् ।
अधिवेशनले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सदस्यहरुमा गोविन्द श्रेष्ठ, निशान पाठक र शम्भुराज खनाल रहेका छन् ।
इन्जिनियर शम्भुराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा डिनका केन्द्रिय उपाध्यक्ष भीम प्रसाद सुवेदीको प्रमुख अतिथ्यता रहेको थियो ।
भेलाले आगामी पौष १ देखी ३ गते सम्म काठमाण्डौंमा आयोजना हुने चौधौं राष्ट्रिय सम्मेलन तथा महाधिवेशनमा अध्यक्ष श्रेष्ठ सहित कपिल कोइराला, राजु श्रेष्ठ र सिता बयलकोटीलाई महाधिवेशन प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ ।



































