Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा क्रियापुत्री घर निर्माण

८ पुष, गोरखा । गोरखा नगरपालिका–६ पदेलीमा क्रियापुत्री घर निर्माण भएको छ । ठुलोआँगनकी स्थानीय समाजसेवी कृष्णदेवी श्रेष्ठको आर्थिक सहयोग र राजुवावु श्रेष्ठको समन्वयमा भवन निर्माण भएको हो ।

Advertisement

सो स्थानमा यसअघि जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको पाटी थियो । सोही ठाउँमा अहिले पक्की भवन बनाइएको हो । हाल निर्माण भएको भवनको भुइँ तलामा दुई वटा कोठा र माथिल्लो तलामा एउटा हल रहेको भवन निर्माण समिति अध्यक्ष अयोध्या जोशीले बताए । हलमा करिव ५० जना अट्ने उनले जानकारी दिए ।

भवनको कुल लागत १८ लाख ७९ हजार रहेको समिति कोषाध्यक्ष दिपकबाबु श्रेष्ठले बताए । भवन निर्माणाका लागी आवश्यक सबै रकम कृष्णदेवीले सहयोग गरेकी हुन् । भवनको नाम कृष्णदेवी क्रियापुत्री घर राखिएको छ । भवनको शुक्रवार एक कार्यक्रमका बिच आर्थिक सहयोगदाता कृष्णदेवी श्रेष्ठले उद्घाटन गरेकी छन् ।

भवन निर्माण समिति अध्यक्ष जोशीको अध्यक्षता तथा श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पुर्व सांसद जीवनप्रेम श्रेष्ठ, वडा नम्वर ६ का अध्यक्ष राजेन्द्र कुमार जोशी, जेष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठ, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, ऐतिहासिक क्षेत्र संरक्षण समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, समाजसेवी धिरजबहादुर मास्के लगायतले मन्तव्य राखेका थिए ।

भवन निर्माण भएसँगै मृत्यु संस्कार अन्तरगत काजक्रिया गर्नका लागी ठाउँको समस्या नहुने अपेक्षा गरिएको छ । न्यूनतम शुल्क निर्धारण गरेर भवन संचालनमा ल्याउने तयारी छ । त्यसका लागी क्रियापुत्री भवन संचालन समिति पनि गठन गरिने बताइएको छ ।

शुक्रबार, पुष ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.