२० पुष, गोरखा । सरकारी कार्यालयको सेवा प्रवाहलाई पारदर्शी र व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरिने भएको छ ।
मंगलवार बसेको जिल्ला स्तरिय अनुगमन तथा मूल्याकंन समितिको बैठकले सेवाग्राहीको पालो निर्धारणका लागी टोकन प्रणाली लागू गर्न निर्देशन दिएको हो ।
नागरिक वडापत्रको कार्यान्वयन गर्न, सेवाग्राहीमैत्री कार्यालयको लेयआउट मिलाउन र सेवाग्राही सहयोगी कक्षको व्यवस्था मिलाउन समेत जिल्ला भित्र रहेका सबै सार्वजनिक सेवा प्रदायक संस्थाहरुलाई निर्देशन गरिएको छ ।
चालु आर्थिक बर्षमा स्वीकृत कार्यक्रम तोकिएको मापदण्ड अनुसार समयमै सम्पन्न गर्न पनि निर्देश गरिएको छ । बजार अनुगमनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































