Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा–काठमाण्डौ एकीकरण मार्गमा सेनाको पदयात्रा शुरु

२१ पुष, गोरखा । गोरखा–काठमाण्डौ एकीकरण मार्गमा पदयात्रा शुरु भएको छ । राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर नेपाली सेनाले पदयात्रा शुरु गरेको हो । बिहीवार एक कार्यक्रमका बिच गोरखा दरवारको हनुमान भञ्याङ चौताराबाट पदयात्रा शुरु भएको रिपुमर्दन गणका गणपती हेमराज विष्टले बताए ।

Advertisement

उपसेनानी बम बोगटको नेतृत्वमा ३० जनाको टोली यात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र पृथ्वी नारायण शाहले तत्कालिन समयमा खडा गरेका नेपाली सेनाका प्रथम पाँच कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सवुज) का झण्डाहरु लिएर पृथ्वी नारायण शाहकालिन पोशाकमा बाजागाजा सहित टोली यात्रामा निस्किएको गणपती बिष्टले जानकारी दिए ।

उनका अनुसार गोरखा दरवारबाट शुरु भएको यात्रा धादिङ, नुवाकोट हुदै काठमाण्डौ पुग्ने छ । ‘यो टोली गोरखा नगरपालिकाको ताप्ले, भीमसेन थापा गाउँपालिको अश्राङ, बोर्लाङ हुदै बुंकोटघाट पुगेर धादिङको शिवदल गणलाई टर्च र झण्डा बुझाएर फर्कन्छ,’ बिष्टले भने, ‘धादिङको टोलिले नुवाकोटको जवरजंग गणलाई बुझाउछ र नुवाकोटले काठमाण्डौको कालिध्वज गणलाई ।’ काठमाण्डौको टोलीले पुष २६ गते बालाजु बाइपासमा रहेको सार्दुलजंग गुल्ममा टर्च र झण्डा हस्तान्तरण गर्ने छ । उक्त टर्च र झण्डा हेडक्वाटर हुदै पुष २७ गते हनुमान ढोका लगिने छ ।

पदमार्ग, कोट, गणी र किल्लाहरु सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने नेपाली सेनाको बिशेष कार्यक्रम अन्तरगत पदयात्रा गरिएको गणपती बिष्टले बताए । राज्य एकीकरणको क्रममा पृथ्वी नारायण शाहले प्रयोग गरेको मार्गलाइ एकीकरण मार्गको रुपमा बिकास गर्न केही बर्षदेखि पदयात्राले निरन्तरता पाउँदै आएको उनले जानकारी दिए ।

पदयात्रामा सहभागी टोलिलाई बिहीवार एक कार्यक्रमका बिच टर्च र नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरिएको छ । नेपाली सेनाका पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी दिपक कुमार वानिया र गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले संयुक्त रुपमा उपसेनानी बम बोगटीलाई टर्च र झण्डा हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै पृतनापति वानियाले राष्ट्रिय एकताको सन्देशसँगै पदमार्ग, कोट, गणी र किल्लाहरु सम्वद्र्धन, संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यका साथ पदयात्रा गरिएको बताए । इतिहासको संरक्षण एवं प्रवद्र्धनका लागी पनि पदयात्राले सहयोग पुग्ने बताउदै यस कार्यमा सहयोग गर्न उनले सबैलाइ आग्रह समेत गरे ।

गोरखा नगरपालिकाका मेयर रानाले इतिहास संरक्षणका लागी सेनाले शुरु गरेको पदयात्रा महत्वपूर्ण रहेको बताए । यस कार्यमा नगरपालिकाले पनि साथ दिदै आएको बताउदै उनले थपे, ‘पर्यटन प्रवद्र्धनका लागी यही पुष २७ बाट ठुलोआँगनमा पृथ्वी नारायण शाह कालिन पोशाकमा नेपाली सेनाको परेट पनि शुरु हुन्छ ।’

प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले एकीकरण मार्ग प्रवद्र्धनका लागी शुरु गरिएको पदयात्राको प्रशंसा गरे । इतिहास संरक्षणमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै उनले निरन्तरताका लागी सबैको सहयोग आवश्यक पर्ने धारणा व्यक्त गरे ।

पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरी सापकोटाले पदयात्रासँगै पदमार्गमा पर्ने पार्टी, पौवा एवं चौतारहरुको संरक्षण पनि गर्नुपर्ने बताए ।

बिहिबार, पुष २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.