२१ पुष, गोरखा । राहदानी र राष्ट्रिय परिचयपत्रको सेवालाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले स्टेशन थप गर्ने तयारी गरेको छ । हाल संचालनमा रहेको स्टेशनमा १\१ वटा स्टेशन थप गर्न लागिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए ।
आचार्यको अध्यक्षतामा बिहीवार बसेको समन्वय बैठकले स्टेशन थपका लागी राहदानी बिभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागमा पत्राचार गर्ने निर्णय गरेको छ ।
त्यस्तै चीनसँग सिमा जोडिएको उत्तरी गोरखाको रुइला र ङुईला नाका संचालनका लागी पहल समेत गरिने बताइएको छ ।
‘ती नाकाहरु लामो समयसम्म बन्द हुदाँ सिमा क्षेत्रका नागरिकको जीवनयापनमा कठिनाइ भएको छ,’ प्रजिअ आचार्यले भने, ‘नाका संचालनका लागी गृह मार्फत परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गर्छाै ।’
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































