२३ पुष, गोरखा । नेपाल फाइनान्स लिमिटेडले पालुङटार नगरपालिका–१ मा रहेको बिन्ध्यवासिनी आधारभूत बिद्यालयका बिद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । संस्थाको ३० औ बार्षिक उत्सवको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको हो ।
बिद्यालयमा अध्ययनरत ८५ जना बिद्यार्थीलाई कापी, कलम, इरेजर, सापर्नर लगायतका शैक्षिक सामग्री वितरण गरिएको संस्थाका शाखा प्रमुख उमेश रेग्मीले बताए । शुक्रवार एक कार्यक्रमका बिच बिद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।
रेग्मीको अध्यक्षता तथा पालुङटार नगरपालिका वडा नम्वर १ का अध्यक्ष कृष्ण बहादुर परियारको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल परियार, शिक्षक अभिभावक सघंका अध्यक्ष वसन्त परिया, विद्यालयका प्रधानाध्यापक बाबुराम थापा, शिक्षक, संस्थाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
शैक्षिक सामग्री वितरणले बिद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको नेपाल फाइनान्स लिमिटेडको देशभर १२ वटा शाखा छन् ।
यस संस्थाले बचत खाता, मुद्दती खाता, ऋण सुबिधाका साथै मोबाइल बैंकिङ, एटिम, कनेक्ट आइपिस लगायत अत्यावश्यक सेवाहरु प्रवाह गर्दै आएको छ ।



































