Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते बन्द नहुने

२९ पुस । दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुस ३० र माघ १ गते भने खुला नै रहने भएको छ । माघे संक्रान्ति पर्वका अवसरमा देवघाटमा स्नान तथा मेला भर्न आउने भक्तजनहरुलाई लक्षित गरेर दुई दिन सडक बन्द नहुने भएको हो ।

Advertisement

पहरो काटेर नयाँ पुल निर्माण गर्नुपर्ने भएकाले यही पुस ५ गतेदेखि एक महिनाका लागि दैनिक ४ घण्टा नारायणगढ–मुग्लिन सडकखण्ड बन्द गरेर काम भैरहेको छ । माघे संक्रान्तिका भक्तजन तथा अन्य यात्रुहरुलाई मर्का नपरोस् भनेर दुई दिन सडक खुला नै गर्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । देवघाटमा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजनहरु आउने गर्दछन् ।

अहिले सो सडकखण्डमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीका अनुसार सो सडक खण्डमा पर्ने तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भएकाले सडक नै बन्द गरेर काम गर्नुपरेको हो । यी चार कठिन भूगोलमध्ये अझै बढी चुनौती चिसेन्जी खोला र तुइन खोलामा छ । तुइनको दायाँपट्टिको भित्तो ३० प्रतिशत मात्र काटिएको छ भने चिसेन्जीको ७० प्रतिशत काटिएको छ ।

तोकिएको एक महिनाको अवधिमा पनि भित्तो काट्ने काम नसकिएपछि ठेकेदार कम्पनी अनक कन्स्ट्रक्सनले थप २१ दिनको म्याद माग गरेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको पुलको लागि भित्ता काट्ने काम सकिए पनि चिसेन्जी र तुइन खोलाको पुलको भित्तो काटेर सक्न बाँकी नै छ ।

प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले थप समय सवारी रोक्नुपर्ने आयोजनाले माग गरे पनि स्थलगत निरीक्षण र छलफलपछि के कति समय थप गर्नुपर्ने हो, सो बारेमा निर्णय लिने बताए । ३३ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७६ चैत १० गते एक अर्ब २५ करोड रुपैयाँमा ठेक्का दिइएको थियो । हालसम्म नारायणगढ–मुग्लिन सडकमा पर्ने १९ वटामध्ये चार वटा पुल बनिसकेका छन् । बाँकी १५ वटा पुल बनिरहेका छन् । १५ मध्ये पनि ९ वटा पुल निर्माण सम्पन्नको करिब अन्तिम चरणमा छन् ।

शुक्रबार, पुष २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.