३० पुष, गोरखा । मानसिक सन्तुलन कमजोर भएका दुई व्यक्तिलाई मानव सेवा आश्रमले उद्धार गरेको छ । ४८ बर्षिय शिव घिमिरे र ३५ बर्षिय साने खत्रीलाई शनिवार उद्धार गरिएको हो ।
घिमिरेलाई पालुङटार नगरपालिका–६ कोइरालाथुम्की र खत्रीलाई वडा नम्वर ७ खत्रीठाटीबाट उद्धार गरिएको आश्रमकी गोरखा शाखा संयोजक मुना लामाले बताइन् । बिगत केही बर्षदेखि मानसिक सन्तुलन कमजोर भएका उनीहरु सडकपेटी र सार्वजनिक ठाउँहरुमा दयनिय जीवन बिताउदै आएका थिए ।
वेवारिसे अवस्थामा रहेका उनीहरुलाई नगर प्रमुख विवस चिन्तन, उपप्रमुख बन्दना पाण्डे लगायतको उपस्थितीमा उद्धार गरिएको हो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































