४ माघ, गोरखा । भीमसेन थापा गाउँपालिका स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । जागेश्वर बिद्यालय भुतपुर्व बिद्यार्थी समाजको आयोजनामा भएको प्रतियोगीतामा जागेश्वर मावि बोर्लाङ पहिलो भएको छ ।
त्यस्तै सिद्धकाली मावि तान्द्राङ दोस्रो, सरस्वती मावि बोर्लाङ तेस्रो र सफलशान्ती मावि वगुवा सान्त्वना भएको छ । प्रतियोगितामा बिभिन्न स्थान हासिल गर्ने बिद्यालयलाई ट्रफि र मेडलको साथमा प्रमाणपत्र उपलब्ध गराइएको कपिल शर्माले बताए ।
प्रतियोगीतामा आठ बिद्यालयको सहभागीता रहेको थियो । कार्यक्रममा भीमसेन थापा गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष विष्णु कुमार श्रेष्ठ, शिक्षक अभिभावक लगायतको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































