७ माघ, गोरखा । पत्रकारिता बिषयमा स्नातकोत्तर तह अध्ययन गर्दा गोरखाका पत्रकारहरुले शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । नेपाल पत्रकार महासंघ गोरखा शाखामा आवद्ध सदस्यहरुले पुर्वाञ्चल बिश्वविद्यालय अन्तरगतको कान्तिपुर सिटी कलेज काठमाण्डौमा आम सञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गर्दा शुल्कमा ५० प्रतिशत छुट पाउने भएका हुन् ।
बार्षिक दुई जनालाई छुट दिने गरी कलेजसँग सम्झौता भएको महासंघका गोरखा अध्यक्ष नरहरि सापकोटाले बताए । पाँच बर्षका लागी सम्झौता गरिएको उनले जानकारी दिए ।
अनलाइनबाट पनि कक्षा संचालन हुने भएकाले काठमाण्डौ बाहिर रहनेहरुलाई पनि अध्ययनका लागी सहज हुने कलेजका सह–प्राध्यापक राजिव तिमल्सिनाले बताए ।
सम्झौताका लागी महासंघका तर्फबाट अध्यक्ष सापकोटा, सचिव बिकास मरहट्टा, सदस्य सन्तोष अधिकारी र कलेजको तर्फबाट प्रिन्सिपल राजु कट्टेल, सहायक प्रिन्सिपल भानुभक्त निरौला, सह–प्राध्यापक तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।



































