१० माघ, गोरखा । गोरखाको लक्ष्मीबजारमा भएको ‘प्रथम लक्ष्मी कप–२०७९’ सेभेन ए साइड फुटवल प्रतियोगीताको उपाधी अल स्टार क्लब आँवुखैरेनीले हात पारेको छ ।
सोमवार भएको फाइनल खेलमा हिमाली तमु युवा क्लब गैरालाई २–० को गोल अन्तरले हराउँदै अल स्टार क्लबले उपाधी जितेको हो । उपाधी बिजेता उक्त क्लबले ३० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।
उपाधी उपबिजेता हिमाली तमु क्लबले भने २० हजार नगद पुरस्कार प्राप्त गरेको छ । सेमिफाइनलमा पुगेका लक्ष्मी बजार हर्ट क्लब र दिपेन्द्र मेमोरियल स्पोट्स एकेडेमीले ५÷५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगीताका उत्कृष्ट गोल रक्षक, खेलाडी र सर्वाधिक गोलकर्तालाई पनि नगद पुरस्कार दिइएको आयोजकले जनाएको छ । स्
वास्थ्य, अनुशासन, लगनशिलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्धता भन्ने मुल नाराको साथ माघ ६ गतेदेखि सुरू भएको प्रतियोगीतामा २१ टिमको सहभागिता रहेको थियो । प्रतियोगीतामा १५ बर्ष मुनिका खेलाडीहरुको मात्र सहभागीता रहेको थियो ।



































