१२ माघ, गोरखा । २०७८ साल मंसिर २२ गते धार्चे गाउँपालिका माछाखोलाबाट अवैध रुपमा ल्याइएको ५ सय २३ किलो कुड्की सहित प्रहरीले मान्छे पक्राउ ग¥यो । पक्राउ परेका ग्याल्जेन लामा बिरुद्ध मुद्धा चल्यो र विगोको दोव्वर जरिवाना रकम तिरेर उनी छुटे । प्रहरीले जफत गरेको ५ सय २३ किलो कुड्की मनास्लु संरक्षण क्षेत्र (एमक्याप) को कार्यालय गोरखामा बुझायो ।
एमक्यापले कोठा भाडामा लिएर कुड्की भण्डारण ग¥यो । लिलाम बिक्रीका लागी मंसिर महिनामा सुचना प्रकाशित ग¥यो । तर निवेदन परेन । चौथो पटक प्रकाशित सूचनापछि मात्रै धार्चे गाउँपालिका–५ स्थित जुङकाङ जडिवुटी तथा कृषि पशुपंक्षी प्रालिको निवेदन प¥यो र स्वीकृत भयो ।
प्रालिका संचालक मान बहादुर गुरुङले बिहीवार ५ सय २३ किलो कुड्कीका लागी प्रति केजी ७ सय ११ रुपैयाका दरले तीन लाख ७१ हजार ८५३ राजश्व बुझाए । तर कुड्की लिने बेला ३ सय ४० केजी मात्र देखियो । १ सय ८३ केजी कुड्की कता हरायो भनी उनी आफै चकित परे । ‘५ सय २३ किलो छ भनेर त्यही अनुसारको राजश्व तिरे,’ उनले भने, ‘पैसा तिरेर आएपछि सामान जोख्दा ३ सय ४० केजी मात्र रहेछ ।’ एक लाख ३० हजार रकम बढी तिर्नुपरेको भन्दै उनले त्यो रकम फिर्ता गर्न वा राजश्व तिरे अनुसारको कुड्की उपलब्ध गराउन माग गरेका छन् । कार्यालयबाटै आफू ठगिएको भन्दै उनले गुनासो समेत गरे ।
यता गोरखा प्रहरीले ५ सय २३ किलो कुड्की एमक्यापको सम्पर्क कार्यालय गोरखामा पठाएको बताएको छ । जिल्ला प्रहरी प्रमुख एसपी केदार खनाल भन्छन्, ‘हामीले ३२ बोरा बरामद गरेका हौ, जोख्दा ५ सय २३ किलो नै थियो, त्यो सबै एमक्यापको कार्यालयमा जस्ताको तस्तै पठाएका हौ ।’
एमक्याप भने आफूहरुले पुनः तौल नलिएको बताउछ । ‘५ सय २३ किलो भनेर प्रहरीले दिएपछि हामीले फेरी तौल लिने काम गरेनौ, जस्ताको तस्तै कोठामा राख्यौ,’ एमक्यापका पशुपति अधिकारीले भने, ‘लाने बेलामा उहाहरुले जोख्दा पो कम भयो भन्ने थाहा भयो ।’ बोरा ३२ वटै भएपनि तौल कम भएको उनले बताए ।



































