१६ माघ, गोरखा । शहिद दिवसको अवसरमा गोरखा नगरपालिका भित्रका माध्यमिक बिद्यालय स्तरिय चित्रकला प्रतियोगीता भएको छ । लियो क्लब अफ गोरखाको आयोजनामा भएको प्रतियोगीतामा महालक्ष्मी मावि लक्ष्मीबजारका अभिषेक राना प्रथम भएका छन् ।
सरस्वती मावि आहालेका आशिष गुरुङ दोस्रो, शक्ति मावि पाटेचौरकी भुमिका थापा तेस्रो र बालमन्दिर माविकी संजिता सुनार सान्त्वना भएकी छन् । प्रतियोगीतामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।
सान्त्वना हुने सुनारलाई पाँच सय नगद पुरस्कारको साथमा प्रमाणपत्र दिइएको कार्यक्रम संयोजक ब्लेसन बयलकोटीले बताए ।
क्लबका अध्यक्ष बालकृष्ण परियारको अध्यक्षता तथा सल्लाहकार श्यामबाबु श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा सविन केसी, यम बसेल, सुमन बाबु श्रेष्ठ, मोहन श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।



































