Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गाउँमा बन्न लागेको पक्की पुल अन्यत्र सार्न खोजेको भन्दै गोरखामा विरोध

२४ माघ, गोरखा । आफ्नो गाउँमा परेको पक्की पुलको योजना अन्यत्र सारिएको भन्दै गोरखा नगरपालिका-१४ गोप्लिङ गाउँका वासिन्दाले विरोध जनाएका छन् । गोप्लिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका–२ एक्लेफाँट जोड्नेगरी मस्र्याङ्दी नदीमा पुल निर्माण गर्न २६ करोड ६३ लाख रुपैयाँमा ठेक्का लागिसकेको छ । तर ठेक्का लागेको ठाउँमा नबनाई पुललाई बस्तीदेखि टाढा सार्न खोजेको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका हुन् ।

Advertisement

गोरखा नगरपालिकाले मस्र्याङ्दी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनमा असर पर्ने र भौगोलिक रुपमा पनि उपयुक्त नदेखिएको भन्दै गोरखाको पाउँदी र तनहुँको कुँडुले जोड्ने गरी पुल निर्माण गर्न सडक विभागको पुल महाशाखालाई पत्राचार गरेको छ ।

नगर प्रमुख कृष्णबहादुर राना मगरले पठाएको पत्रमा नयाँ ठाउँमा एलाइन्मेन्ट फिक्स गर्न स्थानीय तह र स्थानीय वासिन्दाबाट विवाद नहुने दावी पनि गरिएको छ । तर नगरपालिकाले वस्ती नजिकै बन्न लागेको पुल टाढा लैजान खोजेको भन्दै स्थानीय वासिन्दा आक्रोशित छन् । केही दिनअघि नयाँ ठाउँमा पुल निर्माणका लागि सर्भे गर्न गएका नगरपालिकाका प्राविधिकलाई स्थानीयले काम गर्न समेत दिएनन् ।

‘गोप्लिङ र एक्लेफाँट जोड्ने गरी पुल बनाउन ठेक्का सम्झौता भएको हो’, मस्र्याङदी नदी मोटरेवल पुल सरोकार समिति अध्यक्ष सीताराम भण्डारीले भने, ‘तर अहिले यहाँभन्दा करिव तीन किलोमिटर तल बस्ती नै नभएको भीरमा बनाउन खोजिएको छ ।’

सार्न खोजिएको ठाउँमा बन्ने पुल स्थानीयलाई पायक नपर्ने उनले बताए ।

सडक बिभाग पुल महाशाखाले गोरखाको गोप्लिङ र तनहुँको एक्लेफाँट जोड्ने गरी पुल निर्माण गर्न २०७७ साल भदौ १० गते एलिट कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । मस्र्याङ्दी जलविद्युत केन्द्रको बाँधमाथि पुल निर्माणका लागि जमिन उपयुक्त भएको प्राविधिकहरुले ठहर गरिसकेका थिए । सो ठाउँमा पुल बन्दा मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँध तथा नदीको नियमित वहावलाई अवरोध नहुने भनेर जलविद्युत केन्द्रले विद्युत प्राधिकरणलाई पत्राचार गरिसकेको थियो ।

‘ड्यामले कुनै समस्या छैन भनिसकेको छ, माटो परीक्षण पनि भइसक्यो तर अहिले वडा र नगरपालिकाले स्थानीयसँग समन्वय नगरी पुल अन्यत्र सार्न खोज्यो’, स्थानीय जितेन्द्र बुढाथोकीले भने ।

नगरपालिकाले सिफारिस गरेको स्थानमा वारीपारी वस्ती नै नभएकाले पनि पुलको औचित्य नहुने उनले बताए । ‘पुल सार्न लागिएको ठाउँबाट हाइवे (पृथ्वी राजमार्ग) पुग्नै एक किलोमिटरको यात्रा गर्नुपर्छ, अहिलेको ठाउँबाट सिधै हाइवे जोडिन्छ, हामीलाई निकै सहज पनि हुन्छ’ उनले भने ।

पहिले तोकेकै ठाउँमा पुल बन्दा गोप्लिङ गाउँमा उत्पादित कृषि उपजको बजार व्यवस्थापनमा समेत सहज हुने उनले बताए । नगरपालिकाले सिफारिस गरेको क्षेत्रमा बर्षमा करिव तीन महिना मात्र नदीमा पानीको वहाव हुने स्थानीय सन्तोष नहर्की बताउँछन् । ‘नगरपालिकाले अहिले सिफारिस गरेको ठाउँ भने मस्र्याङ्दी आयोजनाको बाँध भन्दा तल्लो क्षेत्रमा पर्छ । गाउँको लागि आएको पुल वस्ती नै नभएको भीरमा सार्न खोजिएको भन्दै नहर्कीले आपत्ति जनाए ।

सो क्षेत्रमा रहेको झोलुङ्गे पुल गत बर्ष बाढीले बगाएपछि स्थानीयलाई आउजाउमा समस्या हुदै आएको छ । स्थानीय वासिन्दाले मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । तर सो बाटो सुरक्षाको कारण देखाउँदै राति ८ देखि बिहान ५ बजेसम्म बन्द गर्ने भएकाले राति बिरामी पर्दा अस्पताल पनि जान नसकिने स्थानीय वासिन्दा बताउँछन् ।

ठेक्का लागेको स्थानमा पुल बनाउन समस्या देखिएकाले अन्यत्र सार्न खोजिएको पुल योजना सेक्टर नम्बर ४ पोखराका योजना प्रमुख नवराज वास्तोलाले बताए । ‘ड्यामले पानी नसुकाइदिने भयो, विज्ञहरु ल्याएर हेर्दा त्यो ठाउँमा हाम्रो प्रविधिले पनि नभ्याउने देखियो’, उनले भने, ‘स्थानीयले विवाद गरेर लोकेसन फिक्स गर्न सकेनन्, नगरपालिकाले नयाँ ठाउँ सिफारिस गरेर पठायो त्यहीँ बनाउन खोजेका हौ ।’

गोरखा नगरपालिकाका मेयर कृष्णबहादुर रानामगरले स्थान विवादका कारण ठेक्का लागेको दुई बर्षमा पनि पुल निर्माण सुरु हुन नसकेपछि नयाँ ठाउँ सिफारिस गरेको बताए । ‘विवाद भएपछि ठेकेदारले ठेक्का तोड्छु भन्यो, जिल्लालाई आएको योजना किन फिर्ता पठाउने बरु तल भएपनि बनाऔं भनेर हामीले त्यो ठाउँ सिफारिस गरेका हौं’, उनले भने ।

२ सय मिटर लामो मोटरेवल पुल निर्माणका लागि भएको ठेक्का सम्झौता अनुसार २०८० साल फागुन ९ गते काम सक्नुपर्ने हुन्छ ।

मङ्गलबार, माघ २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.