Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गण्डकी जलाधार क्षेत्रमा जलवायु उत्थानशील आयोजना लागू

२७ माघ, गोरखा । जलवायु परिवर्तनका कारण गण्डकी जलाधार क्षेत्रमा परेको असर न्यूनिकरणका लागी पहल शुरु भएको छ । असर न्यूनिकरणका लागी भन्दै गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना लागू भएको छ । सन् २०२२ बाट लागू भएको उक्त आयोजनाबारे शुक्रवार एक कार्यक्रमका बिच जिल्लाका सरोकारवालाहरुलाई जानकारी समेत गराइएको छ ।

Advertisement

जलवायु परिवर्तनका कारण जोखिममा रहेका गण्डकी जलाधार क्षेत्रका समुदाय र स्थानको सुधार गर्न आयोजना मार्फत बिभिन्न कार्यक्रम संचालन हुने आयोजना प्रमुख सुजन कुमार महर्जनले बताए । असर कम गर्नका लागी लघु सिंचाइ तथा थोपा सिंचाई, वृक्षारोपण लगायतका कामहरु गरिने बताइएको छ ।

उक्त आयोजनाबाट १ लाख ५८ हजार घरधुरी लाभान्वित हुने छन् । त्यस्तै १ लाख १३ हजार हेक्टर जमिन र ५६ हजार ४ सय हेक्टर जंगल क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भनिएको छ । २० जना जलवायु उत्थानशिल नमूना कृषक उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको महर्जनले जानकारी दिए । उक्त आयोजनाबाट २ लाख ९ सय ७४ टन कार्वन उत्सर्जन घट्ने अपेक्षा समेत गरिएको छ ।

जलवायु परिवर्तनमा प्रभाव पार्ने प्रमुख तत्वको रुपमा कार्वनलाई लिने गरिन्छ । सात बर्षका लागी संचालन हुने उक्त आयोजनाले गण्डकी जलाधार क्षेत्र पर्ने बाग्मती, गण्डकी र लुम्विनि प्रदेशका २० जिल्ला समेट्ने छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण बहादुर राना मगर, पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुंगाना, डिभिजन वन कार्यालय गोरखाका प्रमुख अशोक कुमार श्रेष्ठ, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाका प्रमुख केशव देवकोटा लगायतले जिज्ञासा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषकी अधिकृत लिना चालिसे, डा. मनिषराज पाण्डे लगायतले सहजिकरण गरेका थिए ।

शुक्रबार, माघ २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.