२९ माघ, गोरखा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीले अव गृहमन्त्री नपाउने बताएका छन् । आइतवार गृह जिल्ला गोरखामा पत्रकारसँग कुराकानी गर्दै उनले रास्वपा सरकारबाट बाहिर गइसकेकाले गृह मन्त्रालयबारे सोच्न नहुने बताए ।
‘सरकारबाट बाहिर गइसकेको अवस्थामा रास्वपाले गृह पाउछ भन्ने कुरा सोच्नु हुदैन,’ उनले भने, ‘यसबारे प्रधानमन्त्रीले स्पष्ट पनि पारिसक्नु भएको छ ।’ राजनीतिक कामको व्यवस्थाका कारण केही ढिलाइ भएपनि अव केही दिनमै गृह मन्त्रीको टुङ्गो लाग्ने उनले जानकारी दिए ।
राष्ट्रपतिको प्रसँग जोड्दै श्रेष्ठले सबै पक्षको सहमतिमा राष्ट्रपति चयन गर्न उपयुक्त हुने बताए । ‘प्रधानमन्त्रीले बिश्वासको मत लिनुहुदाँ संसदमा एक प्रकारको राष्ट्रिय सहमति नै देखा प¥यो, त्यही आधारमा सबै पक्ष मिलाएर सबैको सहमतिमा राष्ट्रपतिको निर्णय गर्नु उपयुक्त हुन्छ,’ उनले भने ।
जुनसुकै दलबाट राष्ट्रपति चयन हुन सक्ने भन्दै उनले सहमतिका लागी प्रयास भइरहेको जानकारी दिए ।



































