Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बहुमत पुगेपनि कार्यपालिकाको बैठक स्थगित गरेको भन्दै आपत्ति

३ फागुन, गोरखा । बुधवार बिहान बोलाइएको गोरखा नगर कार्यपालिकाको बैठक विना कारण स्थगित गरिएको भन्दै कार्यपालिका सदस्यहरुले आपत्ति जनाएका छन् । बहुमत सदस्यको उपस्थिती हुदाँ पनि एजेण्डामा प्रवेश नै नगरी बैठक स्थगित गर्नु गलत भएको उनीहरुको भनाइ छ ।

Advertisement

पृथ्वी जयन्तीको खर्च अनुमोदन तथा नपुग १३ लाख रकम विनियोजन, संघ र प्रदेशमा सिफारिस गरी पठाउने महत्वपूर्ण योजना लगायतका एजेण्डामा छलफल गर्न भन्दै वुधवार बिहान ८ बजे बैठक बोलाइएको थियो । यसअघि माघ २९ गते बोलाइएको बैठक स्थगित गर्दै आज (वुधवार) सारिएको हो । तर आजपनि एजेण्डामा प्रवेश नै नगरी वैठक स्थगित गरिएको भन्दै वडा नम्वर १२ का अध्यक्ष डिल बहादुर थापाले असन्तुष्टी जनाए ।

‘बैठकमा बहुमत सदस्य उपस्थित थिए,’ उनले भने, ‘उपस्थिती पनि उठाइयो तर एजेण्डामा प्रवेश नै नगरी मेयरले बैठक स्थगित गर्नुभयो ।’ माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्षहरु उपस्थित नभएको भन्दै बैठक स्थगित गरिएको उनले जानकारी दिए । उनका अनुसार उपस्थित बहुमत सदस्यहरुले बैठक संचालनका लागी आग्रह गरेका थिए । थापा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडा नम्वर ११ का अध्यक्ष राम बहादुर खड्का भने समयमै वैठक शुरु नभएपछि आफूहरु घर फर्केको बताउछन् । ‘बिहान ८ बजेका लागी बैठक बोलाइएको थियो, ९ः४० सम्म हामी करिरह्यौ,’ उनले भने, ‘उपमेयर लगायतका केही सदस्यहरु छुट्टै छलफलका लागी कता जानुभयो, धेरै बेरसम्म बैठकमा नआएपछि हामी निस्केका हौ ।’ उपस्थितीमा हाजिरी गरेर आफूहरु निस्केको उनले जानकारी दिए ।

यसअघि बोलाइएको बैठकहरु पनि समयमै शुरु नहुने गरेको वडाध्यक्ष एवं कार्यपालिका सदस्यहरु बताउछन् । आजसम्म कुनै बैठक समयमा शुरु नभएको कार्यपालिका सदस्य सावित्रा थापा पुलामीले बताइन् । ‘यसअघि पनि भनेको समयमा कहिलै बैठक शुरु भएको छैन, आज पनि केही ढिला भएको थियो तर माओवादी केन्द्रका वडाध्यक्षहरु ढिलो भयो भन्दै उठेर जानुभयो, हामी बहुमत सदस्य हुदाँहुदै पनि मेयरले बैठक स्थगित गर्नुभयो,’ उनले भनिन् ।

नेकपा एमालेबाट निर्वाचित वडा नम्वर ३ का अध्यक्ष चुल बहादुर कुवँर पनि आजसम्म कुनै बैठक समयमै शुरु नभएको बताउछन् । ‘यसअघि बोलाइएको बैठकको समय पनि तलमाथि भइरहन्थ्यो, आज पनि केही ढिला भएको हो,’ उनले भने, ‘नियमसंगत रुपमा बहुमत भएपछि बैठक चल्नुपथ्र्याे तर सबैलाई मिलाएर जाम भनेर मेयरले स्थगित गर्नुभयो ।’

नगर प्रमुख कृष्ण रानाले समयमै सबै सदस्यहरु उपस्थित नभएकाले वैठक स्थगित गर्नुपरेको बताए । केही सदस्यहरु ढिला गरी आएकाले आजलाई स्थगित गरिएको उनले जानकारी दिए ।

हाल गोरखा नगरपालिकामा २५ नगर कार्यपालिका सदस्य छन् । मेयर राना माओवादी केन्द्र र उपमेयर कांग्रेस निकट हुन् । कुल १४ वडामध्ये माओवादी केन्द्रले ५, एमालेले दुई, स्वतन्त्र उम्मेदवार एक र बाँकी वडा नेपाली कांग्रेसले जितेको छ ।

माओवादी केन्द्रका वडाध्यक्षहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको बताइएको छ ।

बुधबार, फागुन ०३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.