२५ फागुन, गोरखा । गोरखा उद्योग वाणिज्य संघले ४९ औ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा संघले सामाजिक कार्यमा लागेका बिभिन्न संघसंस्थालाई आर्थिक सहयोग गरेको छ ।
नेपाल पत्रकार महासंघ गोरखा शाखाको भवन निर्माणार्थ ३० हजार नगद सहयोग गरिएको संघका महासचिव प्रकाशचन्द्र श्रेष्ठले बताए । त्यस्तै अक्षयकोष निर्माणका लागी बैद्धिक गुरुकुल बिद्यालयलाई २५ हजार र पुष्कर तिर्थ आरती समितिलाई १० हजार सहयोग गरिएको उनले जानकारी दिए ।

संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संघका पुर्व अध्यक्ष बिश्वदेव श्रेष्ठ, जीवनज्योती श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, बैद्धिक गुरुकुल बिद्यालयका प्रधानाध्यापक बोध प्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
२०३० सालमा स्थापना भएको संघमा हाल २ हजार ३९७ सदस्य आवद्ध छन् । संघले बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण, मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।



































