१ चैत्र, गोरखा । गण्डकी गाउँपालिका भित्रका माध्यमिक तह बिद्यालयमा संचालन गरिएको शून्य दुव्र्यसनी कार्यक्रम सम्पन्न भएको छ । गण्डकी गाउँपालिकाको आयोजनामा आइतवारबाट कार्यक्रम शुरु भएको हो । पालिका भित्रका दश वटा माविमा कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले बताए ।
वडा नम्बर १ को बिजय भवानी मावि, २ को ताङ्लिचोक मावि, ३ को भैरवाश्रम, ४ को दिर्घेश्वर, ५ को भगवती र रत्नेश्व, वडा नम्बर ६ को तोमनडाँड, ७ को ज्ञानमार्ग र ८ को सुर्योदय माविमा कार्यक्रम भएको उनले जानकारी दिए । कार्यक्रमबाट करिव सात सय बिद्यार्थी लाभान्वित भएका छन् । उनीहरुलाई लागुऔषध र दुब्र्यशनी, यसको सेवनले पार्ने असर र कानूनी प्रावधानबारे अभिमुखिकरण गराइएको छ । श्रव्यदृष्य मार्फत उनीहरुलाई अभिमुखिकरण गराइएको हो ।

कार्यक्रममा परिर्वतनका लागि युवा सञ्जाल कास्कीका अध्यक्ष बिकास बडुवाल क्षेत्री, सचिव एवं लागु औषध नियन्त्रण अभियानका प्रशिक्षक अमृतकुमार भट्टराई, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रबिन्द्र अधिकारी, ताङलीचोक प्रहरी चौकीका इन्चार्ज यामप्रसाद पौडेल, पत्रकार नरहरि सापकोटा, बिकास मरहट्टा, सम्बन्धित वडामा पर्ने स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतले सहजिकरण गरेका थिए ।

मावि तहका बिद्यार्थीलाई लक्षित गरी संचालन गरिएको उक्त कार्यक्रम प्रभावकारी भएको शिक्षकहरुले बताएका छन् । कार्यक्रमको आइतवार एक कार्यक्रमका बिच शुभारम्भ गरिएको थियो । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिना, उपाध्यक्ष ललिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत उपरकोटी लागयतले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष तिमिल्सिनाले उक्त कार्यक्रमले लागू पदार्थ दुव्र्यसनी नियन्त्रणका लागी सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए ।



































