Logo
×
सोमबार, कार्तिक १०, २०८३
सोमबार, कार्तिक १०, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

तेस्रो लिगलिगे साइकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका टमाटालाई

४ चैत्र, लिगलिगकोट गोरखा । गोरखाको पालुङटारमा भएको तेस्रो लिगलिगे साइकल दौड प्रतियोगीताको उपाधी नेपाली सेनाका हिमाल टमाटाले हात पारेका छन् । ‘मेन इलिट’ तर्फको ५३ किलोमिटर निर्धारित दुरी २ घण्टा २४ मिनेट २७ सेकेण्डमा पार गर्दै उनले उपाधी जितेका हुन् । उनले ७५ हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् ।

Advertisement

उनी यसअघिका दुईवटा प्रतियोगीतामा पनि सहभागी थिए । पहिलो प्रतियोगीतामा दोस्रो र दोस्रो प्रतियोगीतामा चौथो बनेका उनी यसपटक भने उपाधी बिजेता बनेका हुन् । कञ्चनपुर बारा घर भएका टमाटा १३ औ साफ गेममा स्वर्ण पदक बिजेता समेत हुन् ।

निर्धारित दुरी २ घण्टा २४ मिनेट ४१ सेकेण्डमा पार गर्दै काभ्रेका अच्युतकृष्ण खरेल दोस्रो बनेका छन् । उनलाई ५० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजक लिगलिग भिलेज स्पोर्टसले जनाएको छ ।

प्रतियोगीतामा काठमाण्डौका कुमार तामाङ तेस्रो बने । उनले निर्धारित दुरी २ घण्टा २४ मिनेट ४६ सेकेण्डमा पार गरेका थिए । उनले ३० हजार नगद पुरस्कार पाएका छन् । त्यस्तै शसस्त्र प्रहरीका लक्ष्मण मल्ल चौथो र नेपाली सेनाका मान बहादुर थापा मगर पाँचौ भएका छन् । उनीहरुले क्रमश १५ हजार र ७ हजार पाँच सय नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै ‘मेन मास्टर’ तर्फ हर्क लामा पहिलो बने । उनले निर्धारित दुरी २ घण्टा ३२ मिनेट ४ सेकेण्डमा पार गरेका हुन् । पहिलो बनेका लामाले १५ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगीतामा बिकास महर्जन दोस्रो बनेका छन् । निर्धारित दुरी २ घण्टा ४९ मिनेट ५५ सेकेण्डमा पार गरेका उनले दश हजार नगद पुरस्कार पाए । निर्धारित दुरी २ घण्टा ५२ मिनेट २१ सेकेण्डमा पार गर्दै देव बहादुर वोहरा तेस्रो बने । उनले ५ हजार नगद पुरस्कार पाएको संजिव रानाले बताए । प्रतियोगीताका बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद सुरेन्द्रराज पाण्डेले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगीतामा दुई बिदेशी नागरिक सहित कुल ३९ जनाको सहभागीता रहेको थियो ।

लिगलिगकोटबाट सुरु भएको साईकल दौड आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, आँपपिपल अस्पताल, भण्डारथोक, लमजुङ गरमवेशी, ठूलो बगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, तालपोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, लुइँटेल बयाडाँडा हुदै पुनः लिगलिगकोटमा आएर टुङ्गिएको थियो । पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगीता गरिएको लिगलिग भिलेज स्पोर्टसकी सचिव प्रमिला रानाले बताइन् ।

शनिबार, चैत ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.