५ चैत्र, गोरखा । रासायनिक मलमा किसानलाई उपलब्ध गराउँदै आएको अनुदानमा कटौती गर्ने सरकारको निर्णय प्रति अखिल नेपाल किसान महासंघ जिल्ला समिति गोरखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महासंघले उक्त निर्णय फिर्ता गर्न माग गरेको छ ।
सरकारको यस निर्णयले देशका ६० प्रतिशत किसान समग्र कृषि क्षेत्र र आम उपभोक्ताहरुमा गम्भिर असर पर्ने भन्दै महासंघले खेद समेत प्रकट गरेको छ ।
‘किसानलाई प्रोत्साहन तथा संरक्षण गर्ने कार्यक्रम ल्याउनुको सट्टा उनीहरुलाई नै मार पर्ने गरी गर्ने यस प्रकारका निर्णयप्रति किसान महासंघ खेद प्रकट गर्दै घोर भत्र्सना गर्दछ,’ ज्ञापन पत्रमा भनिएको छ । उक्त निर्णय यथाशिघ्र फिर्ता नलिए सडकमा उत्रिन बाध्य हुने महासंघले चेतावनी दिएको छ ।
आन्दोलनका लागी तयार रहन महासंघ किसानहरुलाई आग्रह समेत गरेको छ ।



































