११ चैत्र, गोरखा । यस बर्षको दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार प्राज्ञ बिष्णु प्रभातलाई प्रदान गरिने भएको छ । गोरखामा जन्मनु भएका स्व. दण्डपाणि अज्र्यालको नाममा काठमाण्डौमा स्थापित दण्डपाणि अज्र्याल स्मृति केन्द्रको शुक्रवार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
नेपाली संस्कृति, दर्शन र साहित्यमा पु¥याएको योगदानको कदर गर्दै प्रभातलाई पुरस्कृत गर्ने निर्णय गरिएको केन्द्रका महासचिव कपिलचन्द्र खनालले बताए । उनका अनुसार पुरस्कार राशी २५ हजार रहेको छ ।
केन्द्रले २०६३ सालदेखि इतिहास, साहित्य, संस्कृती, ज्योतिष, लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत गर्दै आएको छ ।
केन्द्रले वार्षिक रुपमा प्रकाशन गर्दै आएको ज्ञानबिन्दुको १४ औ अंक लोकार्पण कार्यक्रमका बिच पुरस्कार वितरण गरिने खनालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































