१७ चैत्र, गोरखा । गोरखा मोटरसाइकल दुर्घटनामा हुँदा सप्तरीका २३ बर्षिय लक्ष्मीकान्त चौधरीको ज्यान गएको छ । बिहीवार राती करिव ११ बजे भीमसेन थापा गाउँपालिका–१ निवेलमा उनले चलाएको भे ६ प ७४३ नम्वरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिव दश मिटर तल खसेको थियो ।
सूर्य कन्स्ट्रक्सन कम्पनीमा स्काभेटर चालकको रुपमा कार्यरत उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
शव पोष्टमार्टमका लागी गोरखा अस्पताल राखिएको र मृतकको आफन्तलाई खवर समेत गरिसकिएको डिएसपी लिलाराज लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































