३० चैत्र, गोरखा । जवरजस्ती करणी मुद्धाका फरार प्रतिवादी रोल्पाका प्रसाते बिकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीबाट मंगलवार उनलाई पक्राउ गरिएको हो ।
जवरजस्ती करणी मुद्धाको अनुसन्धानको क्रममा वारदात पश्चात बिक फरार थिए । खोजतलासका लागी जिल्ला प्रहरी कार्यालय बाग्लुङबाट गोरखा प्रहरीलाई पत्राचार समेत भएको थियो ।
पक्राउ परेका बिकलाई आवश्यक कारवाहीका लागी वाग्लुङ प्रहरीलाई बुझाइएको डिएसपी लिलाराज लामिछानेले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































