Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

स्वकीय सचिवको विवादास्पद गतिविधिले नगरपालिकामा किचलो

गोरखा नगरपालिकाका मेयर कृष्ण रानाका स्वकीय सचिव अनिस अर्याल (ज्याक) को विवादास्पद गतिविधिले नगरपालिकामा आन्तरिक किचलो शुरु भएको छ । कर्तव्य र जिम्मेवारी भुलेर अर्यालले गर्ने गरेका गतिविधि सधै विवादास्पद बन्ने गरेको छ । पछिल्लो समय बैशाख १२ मा शिक्षा शाखाभित्र उनले गरेको हर्कत मेयर रानाले समेत थामथुम पार्न नसक्दा कार्यपालिका सदस्य बिवादित बनेका छन् ।

Advertisement

करार सेवामा शिक्षक नियुक्तीका लागी परिक्षा संचालनको प्रक्रियामा शाखाभित्र पसी अर्यालले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्कालाई गालीगलौज गर्दै अभद्र व्यवहार गरेका थिए । आफूले चाहेको व्यक्ति परिक्षामा अनुर्तिण भएको भन्दै परिक्षा सम्बन्धी कागजातहरु नष्ट गर्ने दुष्प्रयास गरेपछि बाहिर निकाल्न कर्मचारीलाई हम्मे हम्मे परेको थियो । कर्मचारमाथि अभद्र व्यवहार भएपछि ४६ जना कर्मचारीले अर्याललाई पदबाट हटाउन बैशाख १४ गते प्रमुख प्रशासकीय अधिकृत मार्फत माग पत्र पेश गरेका थिए ।

विवाद सतहमा आएपनि स्वकीय सचिवको हर्कतबारे मेयर रानाले कर्मचारीसँग छलफल समेत गर्न चाहेनन् । विवाद नसुल्झिएपछि उपप्रमुख मसली माया थोकर सहित बहुमत कार्यपालिका सदस्यले कार्यपालिका बैठक राख्न पटक पटक माग गरे । कार्यपालिका बैठक बोलाउन मेयरले अटेर गरेपछि बैशाख २१ गते कार्यपालिका सदस्यहरु छलफलका लागी मेयरको कार्यकक्षमा पुगेका थिए । तर मेयर रानाले विवाद सुल्झाउने आश्वासन समेत दिन सकेनन् । उल्टै स्वकीय सचिव पार्टीले खटाएको व्यक्ति भएकाले पार्टी नै जिम्मेवार हुने जवाफ दिए । कर्मचारी बिषयमा कुनै छलफल नहुने भन्दै स्वकीय सचिव अर्यालको ढाकछोप गरे ।

अर्याल यसअघि पनि बिभिन्न घटनामा विवादमा मुछिदै आएका छन् । जनयुद्ध दिवसको सन्दर्भमा द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दवाडीले दिएको अभिव्यक्तिलाई लिएर उनीमाथि भएको दुव्र्यवहारको घटनामा समेत अर्यालको संलग्नता थियो । राजनीतिक रुप दिइएको उक्त घटनामा अर्याल कारवाहीको भागेदार नभएपछि थप प्रश्रय पाए ।

राजनीतिक संरक्षणले मनोवल उच्च बनेका अर्याललका विवादास्पद गतिविधि रोकिएका छैनन् । उनले गोरखा नगरपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग गरेकोबारे नगरपालिकाभित्रै चर्चा हुने गरेको छ । बिभिन्न शाखामा पस्ने, आफू अनुकुल काम गर्न कर्मचारीलाई थर्काउने जस्ता गतिविधिले पनि उनी थप विवादीत छन् ।

पदीय अधिकार तथा मर्यादा विपरित पटक पटक यस्ता हर्कत गर्दा नगरपालिकाकै बदनामी भएको कार्यपालिका सदस्यहरु बताउछन् । अर्यालको करार सम्झौता खारेज गर्नुपर्ने उनीहरुको माग छ । नगर प्रमुख राना भने सामान्य बिषयलाई ठुलो बनाइएको बताउछन् । ‘परिक्षामा १५ जना सहभागी भएकोमा १४ जना फेल भएर एक जनामात्र पास भएपछि किन त्यसो भयो भनेर कुरा उठाएको हो, यसलाई इस्यु बनाउने कुरा गलत हो,’ उनले भने ।

शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.