६ कात्तिक, गोरखा । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाको लौके भन्ने स्थानकी ३६ बर्षीया कल्पना कोइराला रहेको प्रहरीले जनाएको छ ।
सोमवार साँझ करिव ६ बजे पिङ खेल्ने क्रममा लडेर उनी घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत अवस्थाकी उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारका लागी गोरखा अस्पताल ल्याइएको थियो ।
अस्पताल ल्याए लगतै चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































