१२ पुस, गोरखा । प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नम्वर ४ का ३१ बर्षिय राजकुमार राना र ४५ बर्षिय मुक्त बहादुर राना रहेको प्रहरीले जनाएको छ ।
सोमवार बिहान करिव नौ बजेको समयमा शहिद लखन गाउँपालिका–७ स्थित ज्यादुल खोलामा करेन्ट लगाएर माछा मारेको भन्ने सूचना पाएपछि प्रहरी टोली सो क्षेत्रमा पुगेर सम्झाइ बुझाइ गर्दा उनीहरुले उल्टै प्रहरीलाई गाली गलौज तथा धाकधम्की दिनुका साथै हातपात समेत गर्न खोजेपछि पक्राउ गरिएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए ।
बुधवार उनीहरु बिरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसूर शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































