Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी शिलान्यास गर्न छिट्टै आउँछु : प्रचण्ड

११ पुस, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम छिट्टै अघि बढ्ने बताएका छन् ।

Advertisement

बुधवार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आयोजना निर्माणका लागि आर्थिक अभाव हुन नदिन भौतिक पूर्वाधारका निम्ति उठाइने रकमको पाँच प्रतिशत आयोजनामा हाल्ने निर्णय भएको बताए ।

‘बूढीगण्डकी के होला कसो होला भन्ने भइरहेको थियो,’ उनले भने, ‘मैले केही समय अगाडि क्याविनेटबाट भौतिक पूर्वाधारका निम्ति उठाउने रकमको पाँच प्रतिशत बूढीगण्डकीमा हाल्ने निर्णय गरेको छु ।’

यो निर्णयपछि अब अब बूढीगण्डकीमा आर्थिक अभाव नहुने दाबी गर्दै उनले भने, ‘छिटै बूढीगण्डकी परियोजनालाई शिलन्यास गर्न म  आउँदैछु ।’

लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडेलमा सञ्चालन गर्न गृहकार्य भइरहेको पनि उनले बताए ।

बारपाकमा चलिरहेको प्राविधिक शिक्षालयका लागि छात्रावास निर्माण गर्ने कार्यलाई पनि अघि बढाइने उनले बताए । ‘अहिलेलाई ५० लाख मात्र भयो भने पनि छात्रावास निर्माणको काम अघि बढाउन सकिन्छ भनेर पालिका अध्यक्षले भन्नुभएको छ, अव त्यो अगाडि बढ्छ,’ उनले       भने ।

पालुङटारमा रहेको आँपपिपल अस्पतालको सन्दर्भ जोड्दै उनले उक्त अस्पताललाई ५० शय्याको स्वीकृति प्रदान गरिने बताए । उनले भने, ‘उहाँहरुले अहिलेलाई स्वीकृति र जनशक्तिको मात्र व्यवस्थापन गरिदिनु भन्नुभएको छ,स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर त्यो काम अघि  बढ्छ ।’

बिहिबार, पुष १२, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.