Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक पक्राउ

२५ पुस, गोरखा । धारिलो हतियार प्रहार गरी आफ्नै साथीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका–१४ सलाङगिरीका २३ बर्षीय किसान परियार रहेको प्रहरीले जनाएको छ ।

Advertisement

पालुङटार नगरपालिका–८ लामाचौरका २८ बर्षीय महेश भन्ने शमशेरबाबु पन्तको हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी अनुपम श्रेष्ठले बताए । गोनपा–१४ अकला मन्दिर नजिकै हिल कटेज नामक होटल संचालन गर्दै आएका पन्त आफैले संचालन गरेको होटलमा मृत अवस्थामा फेला परेका थिए ।

‘पुस ९ गते घटना भएको रहेछ, हामीलाई १६ गतेमात्र खवर भयो,’ उनले भने, ‘अनुसन्धान गर्दै जादाँ परियारले हत्या गरेको खुल्न आयो ।’ घटना लगतै फरार रहेका परियारलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा कलंकीबाट पक्राउ गरिएको एसपी श्रेष्ठले जानकारी दिए । ‘मंगलवार पक्राउ ग¥यौ, बुधवार कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धान अगाडी बढाएका छौ,’ उनले भने ।

उनका अनुसार पुस ९ गते राती करिव नौ बजेको समयमा मादक पदार्थ र लागू औषध सेवन गर्ने क्रममा पन्त र परियार बीच विवाद भएको थियो । उनीहरु प्राय सँगै मापसे गर्ने र लागू औषध खाने गर्थे । तर त्यो दिन व्यक्तिगत रिसिभिका कारण विवाद चर्केपछि परियारले होटलको भान्सामा रहेको खुर्पा र चक्कुले पन्तको शरिरको बिभिन्न भागमा पटक पटक प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको एसपी श्रेष्ठले जानकारी दिए ।

‘टाउकोको पछाडी भाग, अनुहार र खुट्टामा खुर्पा र चक्कु प्रहार भएको देखिन्छ, घटनापछि परियार आफन्तहरुकोमा लुक्दै आएका थिए, हामीले पक्राउ गर्न सफल भयौ,’ उनले भने । प्रहरीले घटनामा प्रयोग भएको चक्कु, खुर्पा र मृतकको मोवाइल समेत बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बिहिबार, पुष २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.