Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाका तीन सहित २२ निर्माण व्यवसायी कालोसूचिमा

१६ माघ, गोरखा । गोरखाका तीन वटा निर्माण व्यवसायीहरु कालोसूचिमा परेका छन् । कार्यसम्पादन राम्रो नभएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले उनीहरुलाई कालोसूचिमा राखेको हो ।

Advertisement

गोरखा नगरपालिका–३ को अनुपमा निर्माण सेवा (मुख्य व्यक्ति देवेन्द्रजंग कुवँर), पालुङटार नगरपालिका–५ को अन्नपूर्ण निर्माण सेवा (मुख्य व्यक्ति राजेन्द्र सुनार) र लक्ष्मी कन्स्ट्रक्सन (मुख्य व्यक्ति राजकुमार श्रेष्ठ) लाई कालोसूचिमा राखिएको कार्यालयले जनाएको छ । सडक डिभिजन दमौलीको सिफारिसमा यी तीन वटै निर्माण कम्पनीलाई एक बर्षका लागी कालोसूचिमा राखिएको हो । अनुपमा निर्माण सेवा र लक्ष्मी कन्स्ट्रक्सनले गोरखामा पूर्वाधार कार्यालय अन्तरगतका केही योजना जिम्मा लिएर अलपत्र पारेका छन् । ‘अनुपमाले देउरालीमा र लक्ष्मीले सिरानचोकमा सडक स्तरोन्नतीको काम लिएका थिए, अनुपमाले अलि अलि काम गरेजस्तो गरेपनि लक्ष्मी कस्न्ट्रक्सन भने वेपत्ता छ, काम पनि गरेको छैन,’ पूर्वाधार कार्यालय गोरखाका प्रमुख गणेश सुवेदीले भने ।

त्यस्तै जिल्ला बाहिरका अन्य १९ वटा निर्माण कम्पनी पनि कालोसूचिमा परेका छन् । तीमध्ये केही निर्माण कम्पनीले गोरखाका योजनाहरुको ठेक्का समेत लिएका छन् । बाह्रकिलो बारपाक सडक अन्तरगतको एक खण्ड कालोपत्रेको जिम्मा पाएको चितवन भरतपुरको लोहनी एण्ड ब्रदर्स प्रालि पनि तीन बर्षका लागी कालोसूचिमा परेको छ । खोपनिधी लोहनी, शंकरप्रसाद लोहनी र लेखनिधि लोहनी मुख्य व्यक्ति रहेको यो कम्पनीलाई सडक डिभिजन कार्यालय भरतपुरले कालोसूचिमा राख्न सिफारिस गरेको थियो ।

यसैगरी कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, कोहलपुर–११ बाँके पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले सिफारिस गरेको थियो । तीन वर्ष कालोसूचीमा परेका अन्य निर्माण व्यवसायीहरुमा पद्मा कुमारी शाही मुख्य व्यक्ति भएको शर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी–८ कालिकोट र ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि कीर्तिपुर छन् । ओम गौरीशंकरको मुख्य व्यक्ति मीनबहादुर भण्डारी हुन् ।

यसैगरी सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ । सडक डिभिजन दमौलीकै सिफारिसमा खड्गदेवी कन्स्ट्रक्स बन्दीपुरलाई दुई वर्ष कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्ति डिलबहादुर गुरुङ छन् ।

यसैगरी दीपक गौतम मुख्य व्यक्ति भएको गजुरमुखी निर्माण कम्पनी इलाम, राजाबहादुर झा मुख्य व्यक्ति भएको नव निर्माण बिल्डर्स प्रालि जनकपुर, स्वप्निल पौडेल मुख्य व्यक्ति भएको एस.बि.एम. इन्जिनियरिङ एसोसियट्स काठमाडौं दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।

यता सुर्खेतको न्यू भेरी इन्जिनियरिङ वर्कसप, तनहूँको आयुस एन्ड अनुष कन्स्ट्रक्स्न, एन्ड सप्लायर्स, खड्गदेवी कन्स्ट्रक्सन, बीरगञ्जको शारदा कन्स्ट्रक्सन कम्पनी र कास्कीको त्रिवेणी निर्माण सेवा एक बर्षका लागी कालोसूचिमा परेका छन् । मकवानपुरको शिवालय बिल्डर्स, काठमाण्डौको न्यू नेहा इन्टरप्राइजेज, धनगढीको एम÷एस विहादावावा निर्माण सेवा र काठमाण्डौको पाँचखाल कन्स्ट्रक्सन, प्रालि एक बर्ष ६ महिनाका लागी कालोसूचिमा परेका छन् ।

कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने बताइएको छ ।

मङ्गलबार, माघ १६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.