२४ माघ, गोरखा । १४ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । शहीद लखन गाउँपालिका वडा नम्वर ६ ज्यामीस्वाँराका ५५ बर्षीय मिनबहादुर थापालाई आइतवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत शुक्रवार बिहान बालिकालाई फकाई फुलाई घरमा लगी थापाले जवरजस्ती करणी गरेको भनी पीडितका आफन्तले जायरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरिक्षक शेखर खड्काले बताए ।
सोमवार थापा बिरुद्ध जवरजस्ती करणी कसूर शिर्षकमा मुद्दा दर्ता भएको र घटनाबारे थप अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



































