Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखा नगरभित्रका सामुदायिक बिद्यालयमा संचालित क्यान्टिनहरु बन्द गरिने

२८ माघ, गोरखा । गोरखा नगरपालिका भित्रका सामुदायिक बिद्यालयहरुमा संचालित क्यान्टिनहरु बन्द हुने भएका छन् । बिद्यार्थीलाई खाजामा जंक फुड बिक्री वितरण गरेको भन्दै नगरपालिकाले बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

दिवा खाजाको बिषयमा गुनासो बढेपछि नगरपालिकाको अगुवाइमा बुधवार बिद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्षहरुको संयुक्त बैठक बसेको थियो । सोही बैठकले क्यान्टिन बन्द गर्ने निर्णय गरेको नगरपालिकाका स्रोत शिक्षक धुव्रराज अर्यालले बताए ।

‘खाजाको बिषयमा गुनासो आएपछि हामीले केही बिद्यालयहरुमा अनुगमन पनि ग¥यौ,’ उनले भने, ‘त्यहाँ मम, चाउमिन, चाउचाउ, लेज, कुरकुरे जस्ता जंक फुड बेचेको पाएपछि प्रअ र विव्यस अध्यक्षहरुको बैठक बोलायौ, अनि छलफल गरेर बन्द गर्ने निर्णय ग¥यौ ।’ पोषणयुक्त र स्वस्थ्यकर खाजा दिनुपर्नेमा जंक फुड खुवाएको भन्दै उनले असन्तुष्टी समेत व्यक्त गरे ।

यता नगरपालिका भित्रका २० वटा सामुदायिक बिद्यालयमा दिवा खाजा परियोजनाका लागी आर्थिक सहयोग गर्दै आएको कल्स ओभर रिजेज नामक संस्थाले पनि अधिकांश क्यान्टिनले जंक फुड दिने गरेको गुनासो गरेको छ । ‘जंक फुड बेच्न नपाउने, बिद्यार्थीलाई स्वस्थ्यकर र पोषणयुक्त खाजा खुवाउनुपर्ने भन्ने छ, त्यही अनुसार हामीले हरेक दिनका लागी खाजाको मेन्यु पनि तयार गरिदिएका छौ ।

तर अधिकांश बिद्यालयका क्यान्टिनमा हाम्रो मेन्युमा भएका खानेकुरा नदिइ जंक फुड दिने गरेको पाइएपछि हामीले नगरपालिकामा कम्प्लेन ग¥यौ, क्यान्टिन बन्द नगरे सहयोग गर्दैनौ भन्यौ अनि सरोकारवालाको बैठक बसेर निर्णय गरिएको हो,’ संस्थाका जिल्ला संयोजक राजेश श्रेष्ठले भने ।

संस्थाले बनाएको मेन्युमा खिर अचार, हरियो सागसब्जीको साथमा फ्राइ राइस, अण्डाको साथमा तरकारी र भुजा, दाल भात अचार, तरकारीको साथमा चिउरा वा भुजा र मौसमी फलफुलको साथमा मकै भटमास जस्ता परिकार रहेको उनले जानकारी दिए । ‘बार अनुसार पालैपालो ती परिकार खुवाउनुपर्ने हो, तर अनुगमन गर्दा अधिकांशले त्यो मेन्यु फलो गरेको देखिएन, जंक फुडको बढी प्रयोग भएको देखियो,’ उनले भने ।

परियोजना लागू भएको बिद्यालयमा संस्थाले कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई खाजाका लागी प्रति व्यक्ति प्रति दिन २० रुपैया दिदै आएको छ । त्यसमा नगरपालिकाले ५ र बिद्यार्थी स्वयमले ५ गरी कुल ३० रुपैयाको खाजा उनीहरुलाई उपलब्ध गराइन्छ । परियोजना लागू भएको बिद्यालयमा संस्थाले खाजा पकाउने कर्मचारी समेत उपलब्ध गराउँदै आएको छ ।

यता इसिडि देखि ५ कक्षा सम्मका बिद्यार्थीलाई भने दिवा खाजा स्वरुप संघिय सरकारबाट प्रति बिद्यार्थी दैनिक १५ रुपैयाका दरले रकम उपलब्ध गराउने गर्छ । त्यसमा नगरपालिकाको तर्फबाट ५ र बिद्यार्थीको तर्फबाट ५ गरी कुल २५ रुपैया बराबरको खाजा उपलब्ध हुदै आएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

गोरखा नगरपालिकाभित्र कुल ४७ वटा सामुदायिक बिद्यालय रहेको बताइएको छ ।

आइतबार, माघ २८, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.