Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखाबाट प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल गोरखा दरवारमा राखिने

६ माघ, गोरखा । गोरखा नगरपालिका–७ सतिपिपलस्थित राममाया शाहीको घरबाट प्रहरीले बरामद गरेको बहुमूल्य ढुंगा क्वार्ज क्रिष्टल गोरखा दरवारमा राखिने भएको छ । शनिवार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले धार्मिक र पर्यटकीय हिसावले गोरखा दरवारमा राख्न उचित हुने निष्कर्ष निकाल्दै सो निर्णय गरेको हो ।

Advertisement

यसअघि गोरखा दरवार वा संग्रहालय राख्ने भन्ने बिषय अन्योल थियो । उक्त ढुंगा गोरखामै राख्ने भनी गत साउन ३० गते मन्त्रीपरिषदबाट भएको भनिएको निर्णय पनि आधिकारिक थिएन ।

‘त्यो ढुंगा गोरखामै राख्ने भन्ने मन्त्रीपरिषदबाट निर्णय भइसक्यो भन्ने कुरा थियो, तर म आएर माथि बुझ्दा त्यसको औपचारिक प्रस्ताव पनि नआएको र निर्णय पनि नभएको भन्ने थाहा भयो,’ प्रजिअ दाहालले भने, ‘स्थानीयको सेन्टिमेन्टको हिसावले गोरखामै राख्नुपर्छ भनेर मैले मेरो तर्फबाट पनि सक्दो पहल गर्दै नियमित फलोअप जस्तै गरे । हिजो बल्ल उक्त ढुंगा गोरखामै राख्ने मन्त्रिस्तरको निर्णय भएको छ भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हामीलाई पत्र आयो ।’

शुक्रवार बसेको मन्त्रीस्तरको बैठकले उक्त निर्णय गरेको जानकारी गराउँदै मन्त्रालयले स्थानीय तहको व्यवस्थापनमा आवश्यक सुरक्षासहित उचित स्थानमा संरक्षण गरेर राख्न भनेको प्रजिअ दाहालले जानकारी दिए ।

‘उक्त ढुंगा अव गोरखामै राख्ने भन्ने आधिकारिक निर्णय सहित हिजो हामीलाई पत्र आयो । गोरखा दरवार राख्ने की संग्रहालय भन्ने बिषयमा धेरै अल्झिन हुदैन भनेर आजै मैले सर्वपक्षिय बैठक बोलाए, सबैको सहमतिले गोरखा दरवारमा राख्ने निर्णय ग¥यौ ।’ गोरखा दरवार परिसरमा सर्वसाधारणले देख्ने गरी उक्त ढुंगा बिशेष सुरक्षाका साथ राखिने उनले जानकारी दिए ।

‘दरवार आउने सबै भक्तजनले देख्न मिल्ने गरी उपयुक्त स्थान हेरेर बुलेट प्रुफ सिसाभित्र त्यो ढुंगालाई उचित सुरक्षासहित राख्छौ, व्यवस्थापनको सम्पूर्ण जिम्मा गोरखा नगरपालिकाको हुन्छ, सुरक्षाको जिम्मा प्रशासनले लिन्छ,’ प्रजिअ दाहालले भने । भोलीबाटै ढुंगा व्यवस्थापनमा लाग्ने उनले जानकारी दिए ।

गत असार १४ गते गोरखा प्रहरीले उक्त क्वार्ज क्रिष्टल बरामद गरेको होे । महँगो मूल्यमा किनबेच हुन लागेको सूचना पाएपछि घरबाटै बरामद गरेर ल्याएको प्रहरीले बताउँदै आएको छ । खानी तथा भूगर्भ बिभागबाट आएका भूगर्भविदहरुले परिक्षण गरी उक्त ढुंगा महत्वपूर्ण र बहुमूल्य रत्नपत्थर रहेको बताएका थिए ।

करिव ५४ केजी तौलको उक्त ढुंगा नेपालमा बिरलै पाइने जानकारी गराउँदै उक्त ढुंगा बिभागमा पठाउन समेत आग्रह गरिएको थियो । तर जिल्लाका सरोकारवालाहरुले भने उक्त ढुंगा गोरखामै राख्नुपर्ने माग राख्दै आएका थिए ।

अन्ततः उक्त ढुंगा गोरखा दरवार परिसरमै राखिने भएको छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा समेत गरिएको छ ।

 

आइतबार, फागुन ०६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.