२८ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेको जिल्ला अध्यक्षमा सुरेन्द्र थापा विजयी भएका छन् । पार्टीको ८ औ जिल्ला अधिवेशन अन्तरगत आइतवार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा विजयी भएका हुन् । उनका प्रत्यासी उम्मेद्वार कृष्ण नेपालीले २०५ मत प्राप्त गरेका थिए ।
त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी निर्वाचित भएका छन् । २७० मत प्राप्त गरी अधिकारी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कमल दानीले १२१ मत र कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै सचिवमा काजिराम रोका विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी उपेन्द्र देवकोटालाई भारी मतान्तरले पछि पार्दै रोका विजयी भएका हुन् । रोकाले ३५३ मत प्राप्त गरेका थिए भने देवकोटाले १०५ मत प्राप्त गरेका थिए ।
उपसचिवमा मनोज जोशी र शान्ति चापागाई विजयी भएका छन् । जोशीले २६५ मत प्राप्त गरेका थिए भने चापागाईँले ३२० मत प्राप्त गरेकी छन् । खुल्लातर्फका उपसचिवका अर्का उम्मेद्वार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।



































