Logo
×
मङ्गलबार, कार्तिक ११, २०८३
मङ्गलबार, कार्तिक ११, २०८३
    • होमपेज
    • समाचार
    • राजनीति
    • स्वास्थ्य
    • शिक्षा
    • आर्थिक
    • अपराध
    • खेलकुद
    • विचार
    • अन्तरवार्ता
    • मनोरञ्जन
  • ☰

भर्खरै

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो

खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

बूढीगण्डकी बाढीको बितण्डा : घरसहित पक्की पुलहरु बगे, ५ जना सम्पर्कविहीन

कृष्णभिरको पहिरो छल्नेगरी गोरखातर्फ यसरी बन्दैछ वैकल्पिक सडक

कांग्रेस गोरखा अधिवेशन : क्षेत्रीय र प्रदेश कार्यसमितिसँगै महाधिवेशन प्रतिनिधि टुंगियो

लोकप्रिय समाचार

  • १. बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

  • २. खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

गोरखामा चोरीका मोटरसाइकल सहित ११ जना पक्राउ

"बाइक चोर्ने गिरोहको हर्कत : बाइक चोर्ने १५ देखि ३० हजारमा बेच्ने "

२ चैत्र, गोरखा । मोटरसाइकल चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले ११ जनालाई पक्राउ गरेको छ । बिभिन्न स्थान र मितिमा पक्राउ परेका उनीहरुलाई कार्यालयले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

Advertisement

चोरी भएको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी बासुदेव पाठकले बताए । उनका अनुसार पक्राउ पर्नेमा आरुघाट गाउँपालिका–३ निबोटका सुकबहादुर गुरुङ, सुजन कार्की, वडा नम्वर ६ कल्लेरीका रामकुमार श्रेष्ठ, वडा नम्वर ४ थुमी बराम गाउँका रोनिस भन्ने पदमबहादुर बराम र बारा जिल्लाको गढीमाई नगरपालिका घर भई हाल आर्खेतमा बि आर ब्रर्दश वर्कशपमा काम गर्दै आएका शंकर शाह सोनार रहेका छन् । उनीहरुलाई यही फागुन २७ गते पक्राउ गरिएको एसपी पाठकले जानकारी दिए ।

पक्राउ परेकाहरुसँगको अनुसन्धानबाट चोरीमा संलग्न थप ६ जनालाई पक्राउ गर्न सफल भएको उनले बताए । आरुघाट गाउँपालिका वडा नम्वर ३ निबोटका सन्तोष गुरुङ, सोमे भन्ने उत्तम गुरुङ, देउवा गुरुङ, वडा नम्वर २ का अन्जन घले, वडा नम्वर ३ का टेकबहादुर आले र कमल आले मगरलाई फागुन ३० गते पक्राउ गरिएको उनले जानकारी दिए ।

उनीहरुको साथबाट चोरीका सात वटा मोटरसाइकल बरामद भएको डिएसपी रमेशकुमार श्रेष्ठले बताए । ‘सबै बाइक कालो रातो रंगको २२० सिसिको पल्सर छन्,’ उनले भने, ‘पाँच वटा धादिङबाट र चार वटा गोरखाबाट चोरेका रहेछन् ।’ डिएसपी श्रेष्ठका अनुसार चोरी भएका बाइकमध्ये चार वटा उनीहरुले बिक्री गरिसकेका थिए । चार वटा उनीहरु आफैले प्रयोग गर्दै आएका थिए भने एउटा वेवारिसे अवस्थामा फालिएको थियो ।

पक्राउ परेकाहरुमध्ये ६ जना चोरीमा संलग्न रहेको, ४ जना चोरीको मोटरसाइकल खरिद गरेको र एक जना चोरीको मोटरसाइकलको पार्टपुर्जाहरु फेर बदल गर्ने कार्यमा संलग्न रहेको बताइएको छ । उनीहरु बिरुद्ध चोरी कसूर शीर्षकमा मद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ । २२० सिसिको पल्सर बाइकलाई टार्गेट गरी उनीहरुले चोरी गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

चोरी गरेको बाइकहरु १५ देखि ३० हजारसम्म बेच्ने गरेको र उक्त बाइकहरु उत्तरी गोरखाका दुर्गम भेगमा चल्ने गरेको पाइएको डिएसपी श्रेष्ठले बताए । ‘घटनाको थप अनुसन्धान गरिरहेका छौ, चोरीमा संलग्न अन्य व्यक्तिहरु पनि पक्राउ पर्न सक्ने सम्भावना छ,’ उनले भने ।

चोरीमा संलग्न गिरोहलाई समात्न यसरी सफल भयो प्रहरी (डिएसपी रमेशकुमार श्रेष्ठको कुराकानीमा आधारित)

गत फागुन १६ गते बारपाक सुलिकोट गाउँपालिका–७ देउरालीका लक्ष्मण गुरुङको प्र ३–०२–००१ प. ४६०१ नम्वरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भयो । खोजी गरिदिन भन्दै उनले प्रहरीमा निवेदन दिए । यसअघि पनि सदरमुकामसहित जिल्लाका बिभिन्न ठाउँबाट मोटरसाइकल हराएको भन्दै प्रहरीमा उजुरी पर्दै आएका छन् ।

प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष मोटरसाइकल चारीका मात्रै १६ वटा उजुरी परिसकेका छन् । चोरीका घटना बढ्न थालेपछि गोरखा प्रहरीले रणनीतिक योजना बनाएर बिशेष अप्रेशन शुरु ग¥यो । सादा पोशाकमा प्रहरी परिचालन, सवारी चेकजाँचमा कडाई साथै बाइक लुकाउन सक्ने सम्भावित ठाउँमा अनुगमन बढायो ।

खोजतालसकै क्रममा आरुघाट गाउँपालिका–३ स्याम्राङ स्थित कोही नबस्ने रित्तो घरमा पार्किङ गरेर राखिएको अवस्थामा लक्ष्मण गुरुङको हराएको मोटरसाइकल भेटियो । सोधपुछको क्रममा उक्त मोटरसाइकल सोही स्थानका सुकबहादुर गुरुङले राखेको भन्ने खुल्न आयो । सुकबहादुरलाई पक्राउ गरेपछि चोरीमा संलग्न अन्य गिरोह र चोरीका बाइकहरु समात्न प्रहरी सफल भएको हो ।

माघको पहिलो साताबाट उनीहरुले श्रृखंलावद्ध रुपमा मोटरसाइकल चोरी गर्न थालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । ‘माघको पहिलो साता आज पक्राउ परेकामध्येका सात जना बाइकमा काठमाण्डौ घुम्न गएछन्, राती मलेखु पुगेर एउटा पल्सर बाइक चोरेछन् । काठमाण्डौमा केही दिन घुमेर फर्कने क्रममा फेरी मलेखु आसपासबाटै अर्काे २२० सिसिको पल्सर बाइक चोरेछन्,’ डिएसपी श्रेष्ठले भने । दुई वटा बाइक चोर्न सफल भएपछि उनीहरु गोरखा छिरेर यहाँका बाइकहरु चोर्न थालेको उनले जानकारी दिए ।

बरामद गरिएका बाइकहरु जिल्ला अदालतमा दसीको रुपमा बुझाइने र सम्बन्धित धनीलाई बुझाउन आवश्यक समन्वय र सहजिकरण गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल चोरीका घटना न्यूनिकरणका लागी सवारी धनी पनि सचेत हुन कार्यालयले आग्रह गरेको छ ।

शनिबार, चैत ०३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो
बूढीगण्डकी बाढी : न अन्नको मानो रह्यो, न ओत लाग्ने छानो
खोर्लावेशी र तातोपानीको सडक सम्पर्क टुट्यो

लोकप्रिय

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

ताजा

खुल्दैछ उत्तरी गोरखाको चुमभ्याली जाने पदमार्ग

बूढीगण्डकी बाढी : गृहमन्त्रीले ल्याएको राहत ड्रोनबाट वितरण

बूढीगण्डकी बाढी : पुल बगाएपछि खाद्यान्न ओर्सान तार र घिर्निको सहारा

गोरखा दरवारको फूलपाती काठमाडौंको हनुमानढोका पठाइयो

गोरखा सेरोफेरो प्रा.लि. द्धारा संचालित
www.gorkhaserofero.com

ठेगाना
गोरखा नगरपालिका–६ हरमटारी,गोरखा

 

संचालक एवं सम्पादक
बिकास मरहट्टा

सम्पर्क

०६४–४२०७११, ९८४६१२६६१५

ई-मेल
gserofero1@gmail.com

सूचना बिभाग दर्ता नं.
३५२६/०७९-८०

Copyright ©2026 Gorkha Serofero | All rights Reserved.
 Website By :  nwTech.